इन्धनमा १० रुपैयाँ कर घटायौँ, योभन्दा बढी सकिन्न : उद्योगमन्त्री बडू

१० रुपैयाँ कर घटेयता नेपाल आयल निगमले २९ रुपैयाँले पेट्रोलको मूल्यवृद्धि गरिसकेको छ।

नेपालभ्युज

इन्धनमा १० रुपैयाँ कर घटायौँ, योभन्दा बढी सकिन्न : उद्योगमन्त्री बडू
फाइल तस्वीर

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा कर घटाउन नसक्ने बताएका छन्।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग समिति बैठकमा उनले पेट्रोलियम पदार्थमा लगाइएको कर १० रुपैया घटाइएको र त्यो भन्दा बढी घटाउन नसक्ने बताए।

१० रुपैयाँ कर घटेयता नेपाल आयल निगमले २९ रुपैयाँले पेट्रोलको मूल्यवृद्धि गरिसकेको छ। आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्यमा एकैपटक २१ रूपैयाँले वृद्धि गरी लिटरको १९९ रुपैयाँ पुगाएको छ। यसअघि २६ जेठ रातिदेखि निगमले ८ रुपैयाँले मूल्य बढाएको थियो।

मन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक अवस्था भएको जिकिर गरे।

उनले पेट्रोलियम पदार्थ खरीदभन्दा बिक्री मूल्य कम हुँदा अझै पनि निगम घाटामा नै रहेको बताए। जनतालाई थप मारमा नपार्नका लागि ग्यासमा मूल्यवृद्धि गर्न नदिएको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved