हुम्लाका ५७ विद्यार्थीमा ठेउलाको आशंका

नेपालभ्युज

हुम्लाका ५७ विद्यार्थीमा ठेउलाको आशंका

सिमकोट। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रबासमा बस्दै आएका ठूलो सङख्याका विद्यार्थीलाई ठेउला (चिकेनफक्स) रोग देखिएको आशंका गरिएको छ।

वडा नं ४ को याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएकाले उक्त रोगको आशंका गरिएको हो। स्वास्थ्यसेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले एक विद्यार्थीमा देखिएकोे ठेउला अन्य ५७ विद्यार्थीमा सरेको बताए।

विद्यार्थीमा लागेको रोगको लक्षण पूरै ठेउलासँग मिल्दोजुल्दो रहेको देखिएको उनले बताए। ती विद्यार्थीका अनुुहार, शरीर र पाखुुराभरि ठेउला जस्तै फोका आएका छन्। बिरामी विद्यार्थीको शरीरमा देखिएको लक्षण हेर्दा ठेउला भएको हुन सक्ने भएकाले उपचार गर्न र परीक्षणका लागि नमूना संकलन गर्न चिकित्सकको एक टोली विद्यालयतर्फ लागेको छ।

चिकित्सकबाट परीक्षण गरेपछि त्यसको आधिकारिक पुष्टि हुने भन्दै बिरामी विद्यार्थीलाई आइसोलेसनमा राखिएको बताइएको छ। विद्यालयमा पुुगेपछि बिरामी विद्यार्थीको उपचार र नमूना सङ्कलनसँगै गरिने भएको छ। यसको जानकारी विश्व स्वास्थ्य सङ्गठन र सुर्खेतस्थित रोग नियन्त्रण महाशाखालाई गराइसकिएको छ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार यो भाइरसबाट सर्ने सरुवा रोग भएका कारण अन्य मानिसमा सर्ने डर छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved