अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई बैठकमा नआउनुको कारण सोध्ने

नेपालभ्युज

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई बैठकमा नआउनुको कारण सोध्ने

काठमाडौं। आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ।

छलफलपछि सभापति पवित्रा निरौलाले प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिइन्। प्रधानमन्त्री बैठकमा नआउनु अनुचित भएको उनले बताइन्।

आज बिहान १० बजे समितिले प्रधानमन्त्री देउवालाई अमेरिकासँगको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको विषयमा छलफलका लागि बोलाएको थियो। तर शनिबार नै प्रधानमन्त्रीको निर्णय आउनुपर्नेमा आज बिहान ८ बजेपछि मात्रै जानकारी आएपछि बैठकमा प्रश्न उठेको थियो।

प्रधानमन्त्री बैठकमा नआएको विषयमा सांसद दुई पक्षमा विभाजित थिए। कांग्रेस सांसदहरुले प्रधानमन्त्रीको समर्थनमा बोलेका थिए भने अन्य सदस्यले अनुपस्थितिमा आपत्ति जनाएका थिए।

समिति सभापति निरौलाले प्रधानमन्त्रीले समितिको अपमान गरेको बताइन्। समिति सदस्य भीम रावल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली लगायतले प्रधानमन्त्री बैठकमा आउँछु भनेर जवाफ दिन नआउनु खेदजनक भएको भन्दै खेद प्रस्ताव पारित गर्नुपर्ने बताए।

कांग्रेस सांसद पुष्पा भुसाल र दिव्यमणि राजभण्डारीले भने अमेरिका भ्रमण तय नभएसम्म आउन जरुरी नभएको भन्दै प्रधानमन्त्री देउवाको बचाउ गरे। विभिन्न कारणले उपस्थित हुन नसक्नुलाई अपमान भन्न नमिल्ने उनीहरुको तर्क थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved