डुम्रे–वेशीसहर सडक अवरुद्ध

वर्षासँगै आएको बाढीले सडक क्षति गरेपछि तनहुँको डुम्रे र लमजुङको वेशीसहर जोड्ने सडक अवरुद्ध भएको छ। तनहुँको भानु नगरपालिका वडा नम्बर ८ कुडुलेफाँट सडक भत्केपछि बाटो अवरुद्ध भएको हो।

नेपालभ्युज

डुम्रे–वेशीसहर सडक अवरुद्ध

काठमाडौं। वर्षासँगै आएको बाढीले सडक क्षति गरेपछि तनहुँको डुम्रे र लमजुङको वेशीसहर जोड्ने सडक अवरुद्ध भएको छ। तनहुँको भानु नगरपालिका वडा नम्बर ८ कुडुलेफाँट सडक भत्केपछि बाटो अवरुद्ध भएको हो।

त्यहाँ राखिएको ह्युमपाइप बगाएपछि डुम्रे–बेँसीसहर सडक खण्ड अवरुद्ध भएको स्थानीयले जनाएका छन्।

खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो।
साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आएका छन्। ठूला सवारी रोकिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved