सुकेटार विमानस्थलमा एक महिनादेखि हवाई उडान अवरुद्ध

ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ। निरन्तर वर्षा र तुवाँलोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो।

नेपालभ्युज

सुकेटार विमानस्थलमा एक महिनादेखि हवाई उडान अवरुद्ध

काठमाडौं। ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ। निरन्तर वर्षा र तुवाँलोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो। बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए।

पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ। वर्षा र बादलसँगै प्रतिकूल मौसम कायम रहेकाले उडान निरन्तर अवरुद्ध हुँदै आएको निगमले जनाएको छ।

प्रतिकूल मौसमका कारण गत जेठ २ गतेदेखि विमानस्थलमा उडान अवरुद्ध भएको हो। मौसममा सुधार नआएसम्म उडान सम्भव नभएको निगमका स्टेसन इन्चार्ज लिम्बूले बताए।

निगमका अनुसार सुकेटारमा साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाडौँ–ताप्लेजुङ नियमित उडान तालिका रहेको छ। तर प्रतिकूल मौसम भएसँगै अहिले उडान अवरुद्ध भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved