भुटानी शरणार्थीका नेता डा.भम्पा राईको निधन

सन् १९९१ मध्यदेखि उनी झापाको दमकबासी बनेका हुन्। दमकमा स्वास्थ्य क्लिनिक खोलेर भुटानी शरणार्थी तथा स्थानीयका लागि निःशुल्क स्वास्थ्य सेवा दिँदै आएका राईका बुबाआमा, श्रीमती र बहिनीसमेतको शरणार्थी हैसियतमा झापामै निधन भएको थियो ।

नेपालभ्युज

भुटानी शरणार्थीका नेता डा.भम्पा राईको निधन

काठामाडौं। भुटानी शरणार्थीका नेता डा.भम्पा राईको निधन भएको छ। तीस वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका ७५ वर्षीय राईको आइतबार बिहान निधन भएको हो। उनको बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको जनाइएको छ।

पाँचदिन अघि उनको हर्नियाको शल्यक्रिया गरिएको थियो। उपचारकै क्रममा उनको बिहान निधन भएको राईकी भाञ्जी गौरी राईले पुष्टि गरिन्।
राईको पार्थिव शरीरको आइतबार नै किरात संस्कारअनुसार दमक नजिकैको पाडाजुँगीस्थित रतुवामाई वृक्षारोपणको जंगलमा अत्येष्टि गरिने जनाइएको छ।

२९ वर्षदेखि दमक ८ स्थित खगेन्द्र गुरागाईँको घरमा डेरा बस्दै आएका राईलाई दमक नगरपालिकाले निःशुल्क आवासको व्यवस्था गरिदिएको थियो।

सन् १९९१ मध्यदेखि उनी झापाको दमकबासी बनेका हुन्। दमकमा स्वास्थ्य क्लिनिक खोलेर भुटानी शरणार्थी तथा स्थानीयका लागि निःशुल्क स्वास्थ्य सेवा दिँदै आएका राईका बुबाआमा, श्रीमती र बहिनीसमेतको शरणार्थी हैसियतमा झापामै निधन भएको थियो ।

भुटानी राजाका निजी डाक्टर रहेका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेट्दा उनी आफ्नै इच्छाले नेपाल आएका थिए। ३० वर्षअघि शरणार्थी हैसियतमा झापा आउँदा राईले श्रीमतीसँगै बुबाआमालाई पनि साथै ल्याएका थिए। निःसन्तान राईका लागि कुनै बेला एक लाखभन्दा बढी भुटानी शरणार्थीको गास, बास र आवासको व्यवस्थापनका लागि नेपाल सरकार तथा दातृ निकायको सहयोगका लागि पहल गरेका थिए।


Comment

One thought on “भुटानी शरणार्थीका नेता डा.भम्पा राईको निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved