गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउँछौँ : प्रधानमन्त्ती देउवा

प्रतिष्ठानको रुपमा सञ्चालन गर्नका लागि क्याबिनेटबाट निर्णय गरेर आवश्यक ऐन, कार्यविधि बनाइ अगाडि बढाइने प्रधानमन्त्रीको भनाइ छ।

नेपालभ्युज

गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउँछौँ : प्रधानमन्त्ती देउवा

धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरेका छन्। आज एक समारोहकाबीच उनले भवनको उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउने बताए। कैलालीको गोदावरी नगरपालिकास्थित गेटामा सो कलेजको भौतिक संरचना बनेको छ। त्यसलाई प्रतिष्ठानको रुपमा सञ्चालन गर्नका लागि क्याबिनेटबाट निर्णय गरेर आवश्यक ऐन, कार्यविधि बनाइ अगाडि बढाइने प्रधानमन्त्रीको भनाइ थियो।

सोही अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती जलविद्युत आयोजनाको काम चाँडै अगाडि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरे। यसैगरी, महाकाली कोरिडोर, खुटिया–दिपायल र सेती लोकमार्ग गरेर तीन ओटै फास्ट ट्रयाकलाई पनि प्राथमिकता दिन आग्रह गरे।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले गौरीफन्टा नाकालाई कैलालीको मातहतमा गर्न, गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउन प्रधानमन्त्री देउवालाई आग्रह गरे।

सात कारोड २३ लाख ४५ हजार रुपैयाँ लगानीमा धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन निर्माण गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved