धादिङमा मलामी बोकेको गाडी दुर्घटना, ११ जना घाइते

मलामी लिएर ज्वालामुखी गाउँपालिका–३ मैदी जाँदै गरेको स्वराज गाडी दुर्घटना भएको हो।

नेपालभ्युज

धादिङमा मलामी बोकेको गाडी दुर्घटना, ११ जना घाइते
सांकेतिक तस्वीर

धादिङ। निलकण्ठ नगरपालिका ८ मा मलामी बोकेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। मलामी लिएर ज्वालामुखी गाउँपालिका–३ मैदी जाँदै गरेको स्वराज गाडी दुर्घटना भएको हो।

गएराति करीब १० बजे मलामी बोकेर मैदी जाँदै गरेको बा ४ ख १२२९ नम्बरको स्वराज गाडी मैदीभञ्ज्याङमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घाइते भएका ११ जनामध्ये ज्वालामुखी २ का ४६ वर्षीय शिवकुमार श्रेष्ठ, ज्वालामुखी ३ का १५ वर्षीय अशोक श्रेष्ठ, सोही ठाउँका ४० वर्षीय पदम बहादुर मगर, २५ वर्षीय नारायण श्रेष्ठ र धन बहादुर मगरलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ।

घाइतेमध्ये ६ जना जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपश्चात् डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको स्वराज गाडीका चालकलाई प्रहरी नियन्त्रणमा लिएर घटनाबारे जाँचबुझ शुरु गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved