पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालन

वर्षासँगै चितवनको इच्छाकामना–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गएराति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो।

नेपालभ्युज

पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालन
फाइल फोटो

मुग्लिन। पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।

वर्षासँगै चितवनको इच्छाकामना–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गएराति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो।

पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात दुई तर्फीरुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

सङ्घीय राजधानी काठमाडौं जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved