धनगढीका मेयर हमालले प्रधानमन्त्री देउवासमक्ष राखे लिखित माग

नेपालभ्युज

धनगढीका मेयर हमालले प्रधानमन्त्री देउवासमक्ष राखे लिखित माग

धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवालाई धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भेटेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएर धनगढी पुगेका प्रधानमन्त्री देउवालाई उपमहानगरपालिकाका मेयर हमालले भेटेका हुन्।

भेटमा मेयर हमालले प्रधानमन्त्री देउवालाई धनगढीका विभिन्न समस्याको समाधानका लागि लिखित रुपमै माग गरेका छन्। “धनगढी डुबानको समस्या समाधानका लागि संघीय सरकारबाट बजेट विनियोजन गरिदिन माग गरेको छु,” मेयर हमालले भने, ‘धनगढीको मुख्य सडकअन्तर्गत कैलाली पुलदेखि क्याम्पस चोकसम्म सडक निर्माणका लागि पनि बजेट माग गरेको छु।”

भेटमा प्रधानमन्त्री देउवाले धनगढीका मेयर हमालले राखेका माग सम्बोधनका लागि संघीय सरकार पूर्ण रुपमा सहयोग गर्ने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved