‘निफ’को छैटौँ संस्करणका लागि आवेदन खुला

नेपालभ्युज

‘निफ’को छैटौँ संस्करणका लागि आवेदन खुला

काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौं संस्करणका लागि आवेदन खुला गरिएको छ।

कथाहरूको उत्सव भन्ने नारासहित ६ वर्षदेखि नियमित आयोजना भइरहेको निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड चलचित्रको ७ वटा विधामा आवेदन दिन सकिने निफद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र फिचर फिल्मको आवेदन भर्न सकिनेछ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि शुल्क लाग्नेछ भने राष्ट्रिय प्रतिस्पर्धाका लागि निःशुल्क आवेदन दिन सकिनेछ।

पुस १० सम्म आवेदन दिन पाइनेछ। छैटौं निफ २०२३ आगामी चैत २ गतेदेखि ६ गतेसम्म काठमाडौंमा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved