प्रधानमन्त्रीले भने, ‘डडेल्धुरामा यसै वर्षदेखि चिकित्सा संकायको अध्यापन शुरु हुन्छ’

नेपालभ्युज

प्रधानमन्त्रीले भने, ‘डडेल्धुरामा यसै वर्षदेखि चिकित्सा संकायको अध्यापन शुरु हुन्छ’

धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले यसै वर्षदेखि चिकित्सा संकायको अध्यापन शुरु गर्ने बताएका छन्। विश्वविद्यालयको दीक्षान्त समारोहमा कुलपतिसमेत रहेका देउवाले उक्त अभिव्यक्ति दिएका हुन्।

‘यसै वर्षदेखि विश्वविद्यालयले चिकित्सा संकायको सुरुवात गर्ने गरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरुयोजना निर्माणको कार्य अगाडि बढाउँदैछ,” देउवाले भने, “नेपाल सरकारले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट पनि विनियोजन गरेको छ।”

विश्वविद्यालयले सुदूरपश्चिमका निम्न र मध्य आय भएका विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गरेको बताउदै देउवाले गुणस्तरीय जनशक्ति उत्पादनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

“विश्वविद्यालय समयअनुसार शैक्षिक र व्यवस्थापकीय सुधार हुन आवश्यक छ,” उनले भने, “आउँदा केही वर्षमा मुलुककै उत्कृष्ट संस्था बन्नेमा आशावादी छु।” समारोहमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।

यस्तै ‘ग्रेस लिस्ट’मा रहेका एक हजार ५५८ विद्यार्थी पनि दीक्षित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved