मतदाता नामावली संकलन

फुयाँलले भने, “नागरिकता बनाएर यसअघि नामावलीमा नाम दर्ता नगराएकाले नमा दर्ता गराउन सक्नुहुनेछ।”

नेपालभ्युज

मतदाता नामावली संकलन

बैतडी। आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर राखेर बैतडीमा फोटोसहितको मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य शुरु भएको छ।

नामावली सङ्कलन र अद्यावधिक कार्य जिल्लाको तीन स्थानबाट सुरु भएको जिलला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय पुर्चौंडी हाटबाट फोटोसहित मतदाता नामावली सङ्कलन कार्य शुरु भएको हो।

“यी तीन स्थानमा बुधबारदेखि दर्ता कर्मचारी खटाएर धमाधम काम शुरु भएको छ,” फुयाँलले भने, “नागरिकता बनाएर यसअघि नामावलीमा नाम दर्ता नगराएकाले नमा दर्ता गराउन सक्नुहुनेछ।”

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले सक्नेछन्। फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्दछ।

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्र, विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाण पत्र, बसाइँसराइ गरेर आएकाको हकमा बसाइँसराइको प्रमाणपत्र आवश्यक पर्ने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

यस्तै, जिल्ला बाहिरका नागरिकले पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाइएको छ।

मतदाता नामावली सङ्कलनको क्रममा नामावलीमा रहेको त्रुटि सच्याउन र संशोधन गर्न पनि सकिनेछ। मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न तथा दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने निर्वाचन आयोगले जनाएको छ।

यही १ असारदेखि शुरु भएको फोटो मतदाता नामावली निर्वाचनको मिति घोषणा नहुँदासम्म जारी रहनेछ।

जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीका अनुसार हालसम्म १०३ जनाको फोटोसहितको नामावलीमा नाम दर्ता भइसकेको छ।

यसअघि, गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसम्म बैतडीमा एक लाख ४८ हजार ६०६ मतदाता थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved