सयपत्री हाइड्रोपावरद्वारा आयोजना प्रभावितका लागि ‘आईपीओ’ खुला

न्यूनतम १० देखि ३० हजार कित्तासम्म शेयर खरिदका लागि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ।

नेपालभ्युज

सयपत्री हाइड्रोपावरद्वारा आयोजना प्रभावितका लागि ‘आईपीओ’ खुला

बागलुङ। सयपत्री हाइड्रोपावरले आयोजा प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा तीन करोड रुपैयाँ मूल्य बराबरको तीन लाख कित्ता प्राररम्भिक सार्वजनिक निष्काशन (आईपीयो)को बिक्री खुला गरेको हो।

आयोजना प्रभावित बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका बासिन्दाका लागि साधारण शेयरको बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका स्थानीय प्रतिनिधि जीवन बस्नेतले शेयर खरिदका लागि यही १६ असारसम्म आवेदन दिन सकिने बताए। सो अवधिमा मागअनुसार आवेदन नपरे ३० असारसम्मलाई म्याद थप हुनसक्ने उनको भनाइ छ।

न्यूनतम १० देखि ३० हजार कित्तासम्म शेयर खरिदका लागि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ।

स्थानीयले ग्लोबल आइएमई बैंकको बागलुङ शाखा, गलकोट शाखा, प्रभु बैंकको गलकोट शाखा र ताराखोला शाखाबाट शेयर खरिदका लागि आवदेन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा भएको प्रमाणित गर्ने स्थानीय तहबाट जारी कागजातलाई अनिवार्य समावेश गरी दरखास्त बुझाउनुपर्ने जनाइएको छ।

कम्पनीले ताराखोला गाउँपालिका–३ मा साढे दुई मेगावाटको ‘दरमखोला–ए जलविद्युत् आयोजना’ निर्माण गरेको छ।

५१ करोड रुपैयाँको लागतमा बनेको उक्त आयोजनामा ७५ प्रतिशत लगानी गैरआवासीय नेपालीको छ। निजी क्षेत्र र स्थानीयले पनि आयोजनामा लगानी गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved