पहिरोमा सासू-बुहारी नै बेपत्ता

यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएका स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिए।

नेपालभ्युज

पहिरोमा सासू-बुहारी नै बेपत्ता
फाइल तस्वीर

ताप्लेजुङ। ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासू र बुहारी नै बेपत्ता भएका छन्।

वर्षासँगै राति करीब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन्।

तुलसा सासु र यशोदा बुहारी हुन्। यशोदाका पति विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएका स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिए।

पहिरोले अधिकारीका दुई ओटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ। थप विवरण आउन बाँकी छ।

अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठूल्ठूला पहिरो झरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved