निगुरो टिप्न गएकी युवतीलाई आक्रमण गरेर मार्ने बाघ नियन्त्रणमा लिइयो

नेपालभ्युज

निगुरो टिप्न गएकी युवतीलाई आक्रमण गरेर मार्ने बाघ नियन्त्रणमा लिइयो
प्रतिकात्मक तस्वीर

चितवन। पश्चिम चितवनमा हिंस्रक बन्दै आएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघलाई आज साँझ ६ बजे भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनबाट नियन्त्रणमा लिइएको हो।

बाघको आक्रमणबाट स्थानीय २३ वर्षीया रेखा बस्नेतको मृत्यु भएको थियो। सो बाघले आज बिहान निगुरो टिप्न गएकी बस्नेतलाई आक्रमण गरेको थियो।

बाघलाई चितवन राष्ट्रिय निकुञ्जको सौराहामा रहेको खोरमा राखिने छ। बाघ नियन्त्रणमा लिनका लागि आज दिउँसोदेखि प्रयास थालिएकोमा साँझ ६ बजे डार्ट गरिएको उनले जानकारी दिए। यस आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले तीन वटा नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ।

बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी एवं हात्ती प्रयोग गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved