जिसस मकवानपुरमा गठबन्धनले मार्‍यो बाजी, एमाले १७ मतले पराजित

नेपालभ्युज

जिसस मकवानपुरमा गठबन्धनले मार्‍यो बाजी, एमाले १७ मतले पराजित

हेटौंडा। जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) का ललितकुमार घलान विजयी भएका छन्।

आज सम्पन्न निर्वाचनमा घलान १७ मतसहित जिसस प्रमुख पदमा विजयी भएका हुन्। उनले सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका थिए।

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) बाट उम्मेदवार बनेका बुद्धिराम डिम्डुङ तीन मतसहित पराजित भएका हुन्।

यस्तै जिससको सदस्यतर्फ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। महिला सदस्यमा क्रमशः तारा ढुङ्गाना, विष्णुमाया थपलिया र सुमित्रा थिङ निर्वाचित भए। उनीहरू तीनै जना नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए। एमालेबाट उम्मेदवार बनेका बीनाकुमारी थिङ लामालाई तीन मत प्राप्त भएको थियो।

यस्तै खुला सदस्यतर्फ खड्गबहादुर पुलामी, सुवर्ण गोपाली र वीरेन्द्रकुमार लामा निर्वाचित भए। माओवादी केन्द्रबाट उम्मेदवार बनेका पुलामी र गोपालीलाई १७ मत प्राप्त भयो भने नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेका लामालाई १६ मत प्राप्त भयो। एमालेका उम्मेदवार तोयानाथ तिमल्सिनाले भने मात्र तीन मत पाए।

जिससको उपप्रमुख पदमा कांग्रेसका सानुकाजी लुइँटेल र दलित तथा अल्पसङ्ख्यक सदस्यमा एकीकृत समाजवादीकी सुनिता परियार निर्विरोध निर्वाचित भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved