नेपालमा पहिलो पटक भेटियो मंकीपक्सका शंकास्पद बिरामी, टेकु अस्पताल भर्ना

नेपालमा पहिलो पटक भेटियो मंकीपक्सका शंकास्पद बिरामी, टेकु अस्पताल भर्ना

काठमाडौं । विश्वव्यापी रूपमा फैलिरहेको मंकीपक्स भाइरसका शंकास्पद बिरामी नेपालमा पनि भेटिएका छन्।

खाडी मुलुक दुबई हुँदै आएका ज्वरोका बिरामीमा मंकीपक्सको लक्षण भेटिएको हो। आज (बिहीबार) १२ बजे टेकु अस्पतालमा २६ वर्षीय एक पुरुषमा यसको लक्षण देखिएको र उनको उपचार गराइएको अस्पतालका निर्देशक डा मनीषा रावलले बताइन्।

उक्त पुरुषमा मंकीपक्ससँग मिल्ने लक्षण देखिएको उनले जानकारी दिइन्। शंकास्पद बिरामीलाई एक सातादेखि ज्वरो आएको र शरीरमा फोकाहरूसमेत देखिएकाले यसलाई मंकीपक्सको लक्षण मान्न सकिने उनको भनाइ छ।

उनको स्वाब संकलन गरेर पठाइएको र भोलि (शुक्रबार) सम्म रिपोर्ट आउने डा. रावलले बताइन्। रोग नियन्त्रण महाशाखासँग (इपिडिमियोलोजी) समन्वयमा थप अनुसन्धानका लागि बैठक बसिरहेको उनले जानकारी दिइन्।

ती बिरामीमा तीन महीनादेखि ज्वरो आइरहेको र एक सातादेखि सिकिस्त हुँदै गएपछि उपचारका लागि नेपाल आएका बुझिएको छ। ती पुरुषमा मंकीपक्स भाइरस पुष्टि गर्न पहिला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने र त्यसपछि कहाँ परीक्षण गर्न लैजाने थाहा हुने डा रावलले बताइन्।

मंकीपक्सबारे

पछिल्लो आधिकारिक तथ्यांकअनुसार बेलायतमा बुधबारसम्ममा मंकिपक्सका बिरामीको संख्या ५०० नाघेको छ। यूके हेल्थ सेक्युरिटी एजेन्सीले इंगल्याण्डमा मंकिपक्सका ५२ नयाँ घटनाहरू दर्ता भएको बताएको छ।

स्कटल्याण्डमा एक र वेल्समा एक जना थप संक्रमित सहित बेलायतमा पुष्टि भएका संक्रमित संख्या ५२४ पुगेको छ। इंल्यान्डमा ५०४, स्कटल्याण्डमा १३, उत्तरी आयरल्यान्डमा दुई र वेल्समा पाँच जनामा पुष्टि भएको छ।

यो पनि


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved