विद्युत् सर्ट भएर आगलागी हुँदा वृद्धाको मृत्यु

नेपालभ्युज

विद्युत् सर्ट भएर आगलागी हुँदा वृद्धाको मृत्यु
सांकेतिक तस्वीर

चरीकोट। दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक वृद्धाको मृत्यु भएको छ।

शैलुङ–१ मा घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा ८५ वर्षीया निदकुमारी मगरको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहानको समयमा उक्त घरमा विद्युत् सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहेकी वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरको छुट्टै कोठामा वृद्धा एक्लै सुत्ने गरेको र घरमा आगलागी भएपछि स्थानीयवासीले उद्धारको प्रयास गरे पनि निसास्सिएर वृद्धाको मृत्यु भइसकेको स्थानीयवासीले बताएका छन्। आगलागीमा परी घर पूर्णरूपमा नष्ट भएको छ भने बाख्रा तथा कुखुरासमेत जलेर मरेका छन्।

आगलागीबाट के–कति क्षति भयो भन्नेबारेमा विवरण सङ्कलन भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved