प्रदेश १ को नामकरण यही अधिवेशनमा- कांग्रेस

कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईका अनुसार पार्टीको प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले प्रदेशसभाको यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्गो लगाउने निर्णय गरेको हो। 

नेपालभ्युज

प्रदेश १ को नामकरण यही अधिवेशनमा- कांग्रेस

विराटनगर। प्रदेश १ को चालू दशौँ एवं बजेट अधिवेशनबाटै प्रदेशको नाम टुङ्गो लगाउने निर्णय नेपाली कांग्रेसले गरेको छ। कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईका अनुसार पार्टीको प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले प्रदेशसभाको यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्गो लगाउने निर्णय गरेको हो।

प्रदेशको नाम राख्ने विषयमा कांग्रेसले अन्तर पार्टी छलफलका लागि पहल पनि थालेको उनको भनाइ छ। नामका लागि पार्टीभित्र समान धारणा बनाएर अघि बढ्ने सहमति भएको राईले बताए।

बैठकले संसदीय दलका नेता राजीव कोइरालालाई अन्य दलसँग प्रदेशको नामको विषयमा छलफल चलाउने जिम्मेवारी पनि दिएको छ। प्रदेशको राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका कोइरालाले नामको विषयमा छलफल चलाएर अन्य दलसँग पनि सहमति जुटाउन पहल गर्नेछन्।

मुलुकका ७ वटामध्ये ६ वटा प्रदेशले नाम पाइसकेका छन्। प्रदेश १ को मात्रै नाम बाँकी छ।  अब प्रदेश १ को पनि नाम राख्ने विषयमा विलम्ब गर्न नहुनेमा राईको भनाइ छ। प्रदेशको नामको विषयमा सत्तारुढ गठबन्धन सरकारले स्वास्थ्यमन्त्री जयराम यादवको संयोजकत्वमा छलफल गर्न समिति बनाएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा ५ सदस्यीय सहजीकरण समिति गठन गरेको  छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved