चितुवा आक्रमण घटना : सुप्रिमको परिवारलाई ५० हजार राहत

डिभिजन वन कार्यालयले काजक्रियाबापत मृतकका परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेको हो।

नेपालभ्युज

चितुवा आक्रमण घटना : सुप्रिमको परिवारलाई ५० हजार राहत

तनहुँ। चितुवाको आक्रमणबाट मृत्यु भएका पाँच वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई बन्दीपुर गाउँपालिकाले ५० हजार रुपैयाँ प्रदान गरेको छ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बुधबार मृतकका बुबा प्रेम बगाले मगरलाई सो रकम हस्तान्तरण गरे। चितुवाको आक्रमणबाट मङ्गलबार तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँरामा सुप्रिमको ज्यान गएको थियो। उनी घर नजिकैको जङ्गलमा मृता फेला परेका थिए।

गत आइतबार पनि सोही वडामा एक बालिका र एक पुरुष चितुवाको आक्रमणबाट घाइते भएका थिए। तनहुँमा हालसम्म १२ बालबालिकाको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ।

डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख दयानिधि अर्यालका अनुसार चितुवाको आक्रमण बढेपछि सो क्षेत्रका सामुदायिक वनमा पासो थापिएको छ।

डिभिजन वन कार्यालयले काजक्रियाबापत मृतकका परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेको हो।

“नौ लाख ५० हजार रुपैयाँ पनि छिट्टै प्रदान गर्छौँ,” कार्यालय प्रमुख अर्यालले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved