हतियारसहित वडाध्यक्षमाथि गुठी भूमाफियाहरूको आक्रमण, प्रहरी मूकदर्शक

नेपालभ्युज

हतियारसहित वडाध्यक्षमाथि गुठी भूमाफियाहरूको आक्रमण, प्रहरी मूकदर्शक

जनकपुरधाम। भूमाफियासँगको मिलेमतोमा रामायणकालीन रामजानकी दुल्हा भगवान् कुटी अधिनस्थ गुठी अतिक्रमण र बेचबिखन गराउन खोज्ने आक्रमणकारीहरूको प्रयास असफल भएको छ।

कुटी अधिनस्थ जग्गामा गुठीका प्रमुखको पनि मिलेमतो पाइएको छ।

यस क्रममा अतिक्रमण गरिएको जग्गा खाली गराउन खोज्दा जनकपुरधाम उपमहानगरपालिका २३ का वडाध्यक्षमाथि पनि आक्रमण भएको छ।

जनकपुुरधाम २३ का वडाध्यक्ष राघवेन्द्र साहले अतिक्रमित बेलाकुटीको जग्गा स्थलगत निरीक्षण गरिरहेका बेला उनीमाथि हातहतियारसहित भूमाफियाले नेतृत्व गरेको अतिक्रमणकारीहरूको समूहले आक्रमण गरेको हो।

गुठी संस्थान जनकपुरका कार्यालय प्रमुख बैकुण्ठ रेग्मीले भू-माफियालाई उक्साएर सुनियोजित रूपमा उक्त आक्रमण गराइएको पीडित वडाध्यक्ष परिवारको आरोप छ।

कुटी अतिक्रमण गरी बसेका अतिक्रमणकारीको घर भत्काउन पुगेका २३ नम्बरका स्थानीयबीच मुठभेड भएपछि सोही वडाका नवनिर्वाचित वडाध्यक्ष साहको पहलमा तनावपूर्ण अवस्थालाई सहज बनाउने प्रयास भएको थियो।

अतिक्रमणकारी र स्थानीयबीचको तनावलाई सहज बनाउन वडाध्यक्ष साहले यसबारे प्रमुख जिल्ला अधिकारी, एसपी,र गुठीका केन्द्रीय अध्यक्ष र जनकपुरधामका प्रमुखलाई अवगत गराएका थिए।

पछि प्रमुख जिल्ला अधिकारीले अतिक्रमण भएका जग्गा खाली गराउन सूचना जारी गर्न आदेश दिएका थिए। १६ जेठमा सातदिने सूचना प्रकाशित गरी अतिक्रमणकारीलाई आफूसँग कुनै प्रमाण भए वडा कार्यालयमा बुझाउन आग्रह गरिएको थियो।

साथै कुनै प्रमाण नभए अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न सूचना टाँस गरिएको थियो।

सूचनाको म्यादअनुसार ३० गते पुग्न लागेपछि वडाध्यक्ष साहको नेतृत्वमा गुठीका प्रमुख वैकुण्ठ प्रसाद रेग्मीलाई उनकै कार्यकक्षमा भेट्न जाँदा प्रमुख रेग्मी भेटिएका थिएनन्।

पछि फोन सम्पर्क गर्दा उनले विवाह मण्डपमा बोलाएर छलफलसमेत भएको थियो। रेग्मीले आज (मंगलबार) साँझ ६ बजे स्थलगत अनुगमनका लागि बेलाकुट्टीमा बोलाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved