जिसस रुकुमपश्चिममा माओवादी एकलौटी निर्विरोध

नेपालभ्युज

जिसस रुकुमपश्चिममा माओवादी एकलौटी निर्विरोध

सुर्खेत। जिल्ला समन्वय समिति रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्विरोध भएका छन्।

अन्य कसैको उम्मेदवारी नपरेपछि नेकपा माओवादी केन्द्रका उम्मेदवारहरू निर्विरोध भएका हुन्। प्रमुखमा लुम्बिनी गौतम निर्विरोध चयन हुँदा उपप्रमुखमा देववहादुर कामी पनि निर्विरोध भए।

७ जना सदस्यहरू पनि सबै माओवादी केन्द्रबाट निर्विरोध चयन भएका छन्। निर्वाचित हुने सदस्यहरूमा देउभान ओली, कृष्णबहादुर यरी, रामकुमार गौतम, मीना विक, गीताकुमारी केसी, शारदा दमाई र गीता नेपाली छन्।

जेठ २६ गते मनोनयन दर्ता गरेको भए पनि नतिजा मुख्य निर्वाचन कार्यालयले आज औपचारिक घोषणा गरेको हो। रुमुम पश्चिममा अन्य कुनै दलको पनि उम्मेदवारी दिएका थिएनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved