सर्पले डसेकी गर्भवतीलाई झारफुक गर्न लाग्दा मृत्यु

नेपालभ्युज

सर्पले डसेकी गर्भवतीलाई झारफुक गर्न लाग्दा मृत्यु

सुर्खेत। सर्पको टोकाईले अछाममा एक गर्भवतीको मृत्यु भएको छ।

पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीकी ३२ वर्षीया रामपुरा शाहीको सर्पको टोकाइबाट मृत्यु भएको हो।

सोमबार राति १० बजेतिर सर्पले टोकेपछि रातभर झारफुक गर्नेतिर लाग्दा समयमै उपचार नपाउँदा मृत्यु भएको स्थानीयले बताएका छन्।

रातभर झारफुक गर्दा ठीक नभएपछि मंगलबार बिहान ८ बजेतिर मात्रै एम्बुलेन्सको खोजी गर्दैगर्दा मृत्यु भएको वडाध्यक्ष हेमबहादुर शाहीले बताए। शाही ६ महिनाको गर्भवती थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved