सिक्किममा ‘कबड्डी ४’ प्रदर्शनमा प्रतिबन्ध

विवाद समाधान नभएसम्म सिक्किममा चलचित्र रिलिज हुन दिइने छैन।

नेपालभ्युज

सिक्किममा ‘कबड्डी ४’ प्रदर्शनमा प्रतिबन्ध

काठमाडौं। सिक्किम सरकारले नेपाली चलचित्र ‘कबड्डी ४’ को प्रर्दशनमा प्रतिबन्ध लगाएको छ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले सिक्किमवासी, विभिन्न संघसंस्था र संगठनहरूको भावना तथा संवेदनालाई ध्यानमा राख्दै ‘कबड्डी ४’ को प्रर्दशनमा प्रतिबन्ध लगाइएको जानकारी दिए।

मुख्यमन्त्री तामाङका अनुसार विवाद समाधान नभएसम्म सिक्किममा चलचित्र रिलिज हुन दिइने छैन।

उक्त चलचित्र सिक्किममा शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो।

‘कबड्डी ४’ यसअघि पनि पटकपटक विवादमा तानिएको छ। चलचित्रकी नायिका मिरुना मगरले आफूमाथि दुर्व्यवहार भएको भन्दै बौद्ध धर्मालम्बी फुर्पा तामाङलाई झापड हानेपछि उक्त समुदायले विरोध गरेको थियो। विवादलगत्तै मिलापत्र गरेपछि अवरोध हटेको थियो।

अभिनेत्री मिरुना र बौद्ध भिक्षु फुर्वाबीचको विवादले सिक्किम पनि तातेको थियो। सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्म प्रदर्शनमा रोक लगाउन स्थानीय प्रशासनलाई आग्रह गरेका थिए।

चलचित्रले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै फिल्म् प्रदर्शन रोक्न मागसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी समेत परेको थियो। रोविनकुमार लामाले फिल्मविरुद्ध उजुरी दर्ता गराएर दृश्य काँटछाँट गर्न माग गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved