विराटनगर ४ का स्थानीयलाई कि मुआब्जा देउ, कि जग्गा फुकुवा गर : शेखर कोइराला

कोइरालाले विराटनगर महानगरपालिकाको ४ नम्बर वडाक्षेत्रमा विमानस्थल विस्तारका लागि सरकारले रोक्का राखेको घरजग्गाको मुआब्जा वितरणका लागि माग गरेका हुन्।

नेपालभ्युज

विराटनगर ४ का स्थानीयलाई कि मुआब्जा देउ, कि जग्गा फुकुवा गर : शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर विमानस्थल विस्तारका लागि रोक्का गरिएको जग्गाको मुआब्जा तत्काल वितरण गर्न सरकारसँग माग गरेका छन्।

कोइरालाले सामाजिक सञ्जालमार्फत विराटनगर महानगरपालिकाको ४ नम्बर वडाक्षेत्रमा विमानस्थल विस्तारका लागि सरकारले रोक्का राखेको घरजग्गाको मुआब्जा वितरणका लागि माग गरेका हुन्।

विगत दुई वर्षदेखि सरकारले उक्तस्थानका घरजग्गा कारोबार तथा बैंकिङ प्रयोगका लागि रोक्का गरेको छ। जसको अहिलेसम्म मुआब्जासमेत वितरण नभएको कोइरालाले उल्लेख गरेका छन्।

कोइरालाले लेखेका छन्, ‘कि त उनीहरुलाई तत्काल मुआब्जा दिन, होइन भने खरिद–बिक्रीमा लगाइएको रोक फुकुवा गर्न सरकारसँग जोडदार माग गर्दछु।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved