माइकल सुमाकरको नाममा

नेपालभ्युज

माइकल सुमाकरको नाममा

छिटो गाडी कुदाउनेलाई फर्मुला वान’ जस्तो भन्ने चलन नेपालमा निकै पुरानो हो। फर्मुला वानको पहुँच नभएका नेपालीले भन्न कसरी सिके होलान् ? गत अक्टोबरको दुई तारिखमा संसारकै रोमाञ्चक र साहसिक प्रतियोगिताको मलेसियन ग्राण्ड प्रिक्समा नेपालबाट सहभागी हुने फेडेरेसन इन्टरनेसनल डे अटोमोबाइलले अवसर जुटायो। फर्कँदा मलेसियन एयरलाइन्सको सिटमा बसेर यो लेखिरहेको छु र काठमाडौ पुग्दा सक्नुपर्छ।

सन् २०१४ देखि एफ वान सुरु भएको सेपाब रेसिब सर्किट ५ किलोमिटर, एकलाख दर्शक क्षमताको छ। ५६ ल्याप र १५ वटा मुख्य टर्निब रहेको ट्र्याकमा १ः३४ मिनेटको फास्ट रेकर्ड सेवास्टल भेटलको नाममा छ। सामान्यतया फर्मुला वानका ट्र्याक ५ किलोमिटर हाराहारीमा हुन्छन्। अधिकांश स्थायी, केही देशमा सार्वजनिक सडकलाई नै रेसिब ट्र्याकको रुपमा प्रयोग गरिन्छ। सन् २०१४ मा लुइस हेमिल्टन र सन् २०१५ सेवास्टल भेटल विजेता रहेको मलेसियन एफ वानमा यसपटक रेडबुल रेसिबका डानियल रिर्काडोले पोर्डियम पहुचमा पुगे। विश्व चर्चित एफ वानलगायतका फोर ह्विल रेस आयोजना गर्ने फेडेरेसन इन्टरनेसनल डे अटोमोबाइल विश्व महासंघ हो।

सबैखाले रेस, र्‍याली, अफरोड, क्रसकन्ट्रीलगायतका प्रतियोगितालाई अनुगमन गर्छ। सबै प्रतियोगिताको आ–आनै महङ्खव छ। मोटर रेसिबका पारखीलाई एफ वान एउटा सपना हो। सन् २०११ डिसेम्बरमा एफआईएको सदस्यता प्राप्तपछि नेपालीको पहुच अन्तर्राष्ट्रिय प्रतियोगितामा पुग्यो। नीति निर्माता, प्रतिनिधि, प्रतियोगी आदि जेसुकैको रुपमा आजसम्म एफ वानमा प्रवेश गर्न सकिएको छैन। एउटा भिआईपी गेष्टको प्रतिनिधिको हिसाबले यसै पटकबाट हाम्रो प्रवेश हो। हुन त दर्शक कम मिटिब ज्यादा भएको प्रवेश हो। जति मिटिब भयो ट्र्याक र प्याडहकमै भयो। कुनै न कुनै हिसाबले एफ वानको दर्शक बनेका नेपाली थोरै छन् नेपालमा। सहभागिता पत्रकार, विशुद्ध कम्पनीका प्रतिनिधि, दर्शकको रुपमा थियो। खेल्नै नपाएको, काबुबाहिरको खेललाई लोकप्रिय बनाएको तिनैले हो। एफआईएले २०१४ बाट प्रत्येक दर्शकका एकजनालाई प्रतिनिधिमूलक रुपमा संसारका सबै प्रतियोगितामा पुर्‍याउने नीति लिएको छ। सम्बन्धित देशका नेसनल स्टोपोर्टिब अथोरिटीमार्फत सहभागिता कन्फर्म गर्नुपर्छ। स्वभावैले हर माानिसको चाहना हुन्छ। त्यस्ता रेसमा नेपालको प्रतिनिधित्व बढाउदै जानुपर्छ। सन् २०१७ मा नासा नेपाल र त्यसका पदाधिकारीले मलाई अवसर दिनुभयो त्यसमा आभारी हुनैपर्छ। दक्षिण एसिया क्रिकेट डोमिनेट क्षेत्र हो। सिबो एसियामा मोटर्स रेस त्यति लोकप्रिय मानिदैन। भलै संसारका २१ वटा एफ वानमध्ये एक तिहाई रेस एसियामै हुन्छ। बाकु, मेलबर्न, टोकियो, क्वालालम्पुर, अबुधावी, सिंगापुर, बहराइन, संघाईमा नियमित सञ्चालनमा छन्। नया दिल्ली र कोरियामा गतवर्षदेखि स्थगित छन्। ती सुरु भएमा एसियामै लोकप्रिय रहेछ। कतार र जापानका मोटरसाइकल रेस मोटरसाइक्लिबको देश स्पेनलाई बिर्साउने खालका छन्।

आर्थिक, प्राविधिक समस्याका बीचमा पनि एसियन राष्ट्रको मोटर स्पाटे सर्हदोर्न पाली उखान याद आउँछ—‘खाने मुखलाई जुँगाले छेक्दैन।’ मार्चबाट (सामान्यतया अष्ट्रेलियाबाट) एफ वानको सिरिज सुरु भई डिसेम्बरमा ब्राजिल पुगेर सकिन्छ। टिम र ड्राइभको छनौट केही वर्ष अगाडि पूरा भइसकेको हुन्छ। सबै ड्राइभरले सबै रेसमा भाग लिनुपर्ने कार्ल मार्क्सको कसम। घड तर, कम्पनीले टिम दर्ता गर्छन्। अन्तिम सेकेण्डसम्म मोटामोटी अनुमान लगाउन पनि हतारो हुन्छ। यसपटक जित्ने अनुमान गरिएका सेवास्टल भेटल तेस्रो ल्यापबाटै दुर्घटनामा परेर बाहिरिनु परेको देख्दा दुःस्साहस र प्रविधिको संयोजनले नहुने रहेछ। अलिकति अब्ग्रेजीको’लक’ हाम्रो’भाग्य’ चाहिने रहेछ।

एफ वानमा प्रत्येक चरणको विजेताले २५, २०, १५ हुदै क्रमशः नम्बर प्राप्त गर्दछन्। विश्वव्यापी प्रभाव हेर्दा ड्राइभरभन्दा ज्यादा प्रतिस्पर्धा गाडी निर्माता र रेसिब टिम कम्पनी हुन्छन्। एसियामा आधाआधी रेस हुदासमेत दुई दर्जन टिममा दुई टिम मात्र छ — भारतको फोर्स इण्डिया र मलेसियन पेट्रोनास। अधिकांश कम्पनी र टिम युरोपको बहुराष्ट्रिय कम्पनी छन्। युरोपका मालिक विजय माल्या अन्य कारणले भूमिगतजस्तै छन्। मलेसियाको रेस हेरेपछि शंका लाग्दैछ एउटा कारण फोर्स इण्डिया त होइन उनलाई भगाउने ? मोटर रेसिबलाई धनीको खेल भन्छौं।

धन कमाउने कि गुमाउने त्योचाहिँ भन्दैनौं। खेल स्थायी बनाउन थुप्रैका योगदान छन्। तर, रनिबका उसान वोल्ट, पौडीका लेप्स, फुटबलका मेरोडोना र ब्याकहम, क्रिकेटका ब्रायन लारा र सचिन, टेनिसकी मार्टिना नाभ्रातिलोवा र गल्फका टाइगर उड्ससगै आउछन्। समयले तिनकै नामबाट खेल लोकप्रिय बनायो।

ती स्वयंसमेतलाई अनुमान थिएन होला। झण्डै दुईसय वर्षअघि सुरु भएको मोटर स्पोर्टस् लोकप्रिय मात्र होइन। माइकल सुमाकरलाई सीमितको भनिएको खेल असीमित बनाउने श्रेय जान्छ। ३ जनवरी १९६९ मा जर्मनीको हर्थमा जन्मिएका माइकल सुमाकर २५ वर्षदेखि विश्वकै मिडिया, खेलजगत्, अटोमोबाइल क्षेत्रकै केन्द्रमा छन्। लोकप्रिय मानिएका कैयौं खेल स्टारसमेत उनका अघि फिका लाग्छन्। सन् १९९४ को बेल्जियम एफ वानबाट विजय यात्राको सुरुवात गरेका उनले सन् २०१२ को ब्राजिलियन एफ वानमा अन्तिम रेसिब गरे। सात विश्व रेकर्ड, दर्जनौ ट्र्याक रेकर्ड उनको नाममा छ। घढ किनारामा रहेको मोटर स्पोर्टस्लाई केन्द्रमा पुर्‍याएर लोकप्रिय बनाए।

एकपटक चिनिया इमिग्रेसनमा भेट भएका पूर्वमन्त्री प्रदीप ज्ञवाली मात्र होइन मुस्ताबमा भेटिएका कर्मचारीसमेतले फर्मुला वान र माइकल सुमाकरको नाम लिँदा उनको अनुहार झल्झली याद आइरह्यो। मनै चिमोटिरह्यो। कैयौंपटक भेटेर पनि को हुन् ? भनेर अनुमान लगाउन सकेनछु। उनको लोकप्रियताको मुख्य कारण सहज, सरल नामजस्तो लाग्थ्यो। एफ वानका दर्जनौं बिजेता भेटेको छु तर, कसैको नाम उच्चारण गर्न सक्दिन। सुमाकर नामले मात्र होइन कामले महान् खेलाडी बनेका हुन् भन्ने प्रमाण फेरारीको लोकप्रियता र फेडेरेसन इन्टरनेसनल डे अटोमोबाइलमा जोन टोडको उदयले देखाउछ। सुमाकरले थोरै खेले पनि धेरैले हेर्न मिल्ने रसलाई कुना—कुना पुर्‍याए। सरल व्यक्तित्व, सफा व्यवहार, निर्दोष अनुहार, अनुशासित ड्राइभर। नासाको स्थापनापछि हाम्रो परिचयसगै एफ वान र सुमाकरबाट हामी समेतलाई चिन्दा झनक्क रिस उठ्यो।’

कहाको धुले सडक, कहाको एफ वान’ अहिले फर्केर हेर्दा अचम्म लाग्छ। एफआईएमा बडेबडे हात्ती, बहुराष्ट्रिय मोटर कम्पनीले एफ वानका ड्राइभरले समेत सुमाकरबाट आफूलाई चिनाउदा रहेछन्। मलेसियाको अनुभव कुनै प्रतियोगिताको ब्रान्डिब कसरी गर्ने ? जान्ने अवसर मिल्यो। मलेसियाका राजकुमार टुब्कु डाटुक मुद्जाफर, एफाईए बोर्ड मेम्बर तेब लिप ताब र सिंगापुर मोटर स्पोर्टस एसोसिएसनका नवनिर्वाचित अध्यक्ष, अटोमोबाइल्स एसोसिएसन अफ मलेसियाका उपाध्यक्ष तथा एफआईएम एसियाका अध्यक्षसगको शिष्टाचार भेटले यस क्षेत्रलाई पुनर्ताजगी गरायो। उद्घाटनमा पिट लाइनमा गएर फोटो सेसन, ड्राइभर, म्यानेजरसग भेटघाट विश्वस्तरीय कम्पनीसगको साक्षात्कार तथा एफआईएको सम्पर्क कार्यालयमा भएको स–साना मिटिबले केही सकिन्छ भन्ने आत्मविश्वास गरायो।

फर्मुला वानलगायत रेसमा कसरी नेपालको कुन क्षेत्रमा गराउने भन्ने द्विविधा रहेन। कार्ल माक्र्सको कसम। कम्तिमा दुईदशक हामी हाम्रा मार्सल र भोलेन्टियरलाई विश्वव्यापी पहुच दिलाउनेतर्फ लाग्नुपर्छ। प्रयत्नले रेसिबमा टिम पुर्‍याउन सम्भव होला। ज्ञान, प्रविधि, सहकार्य, पहुच बढाउन मार्सल भोलिन्टियर एकमात्र बाटो हो। भारतकै फर्मुला ड्राइभर करुण चान्धोक, स्पेनका विश्वप्रसिद्ध राइडर पेप ओरियल त्यहीं भेटिए। उनीहरुसग मेरो पुरानै सम्बन्ध थियो। फर्मुला वानसगै स–साना इभेन्ट समानन्तर चलिरहेका थिए। सेभ ड्राईभिब सर्किट र किड्स सर्किटले नेपालमा भविष्यको ठोकुवा गर्नसक्ने बनायो। पाच किलोमिटरको सेपाब इन्टरनेसनल सर्किट पर्यटनसगै मलेसियाकै पहिचान हो।

सरकारले धेरै सहयोग गरेको थियो। एफ वान कम्पनीको कुशल व्यवस्थापन, मार्केटिबको अनुमान मात्र लगाउन सकिने कुरा रह्यो। रेसिबमा सातहजार अमेरिकन डलरदेखि दुई मलेसियन रिबेटसम्मका टिकट थिए। मसग गोल्ड पास भएकाले सबै स्थानमा जान, मन लागेको खान, भेट्न छुट थियो। सबै एकवर्ष अघि बुक भइसकेको थियो। सुनियो संसारका लगभग सयजना त्यस्ता व्यक्ति छन्। जसले आफ्नो वार्षिक, विश्वव्यापी संजाल दुईदिनको त्यही क्लबमा बनाइसक्ने गर्छन्।

गोल्ड पास भए पनि रेसको २३ ल्यापपछि आमदर्शक बन्न मन लाग्यो। सरें ७ हजारदेखि ४ हजार रिबेटको प्याराफिटतर्फ। नपाउन्जेल कस्तो, पाएपछि सस्तो भनेजस्तै। कार्यक्रम फर्मुला वान भए पनि सेप्टेम्बर ३० र अक्टोबर १ मा एफ टु जस्ता रेसिब पनि भए। प्राक्टिस्, छनोट, डेमो अक्टोबर २ मा भयो। फाइनल अक्टोबर २ को ठीक ३ बजे। रोलेक्सले फर्मुला वानमा किन खर्चेको भन्ने लाग्थ्यो। छुट्टै रेसिब सर्किट छ डेट्रोना। थाहा भो ३ बज्न लागेको रोलेक्स घडी हेर्ने प्रत्यक्ष ५० हजार र अप्रत्यक्ष लगभग एक अर्ब मानिस स्क्रिनमा थिए। ३ सय ६४ दिन २३ घण्टा ५५ मिनेट रोलेक्स मजासग निदाए द्धज्ञ हुनेरहेछ। कम्पनी विश्वव्यापी बनाउन फर्मुला वानका प्रत्येक ५ मिनेट काफी रहेछ।

धेरैलाई थाहा नहोला, क्वालालम्पुरको ट्विन टावरको नाम’पेट्रोनास टावर’ भनेर। मलेसियन सरकारले बनाउन नसकेको टावर बनाउने कम्पनी मलेसियन ग्राण्ड प्रिक्स, उसको एउटै रेस पर्याप्त रहेछ। सेपाबमा रहेको ट्र्याकमा पेट्रोनास जिपी भनिए पनि व्यवस्थापनको मुख्य जिम्मेवारी एफ वान कम्पनीकै हुने एफआईएको नियम रहेछ। लगभग छ सयजना विश्वभरका प्राविधिक थिए। पाचसयको हाराहारी सर्किटका स्थायी कर्मचारी, त्यसको चारगुणा व्यवस्थापनमा स्वयम्सेवक। सेपाब पेट्रोनासको निजी ट्र्याक हो, जहा वार्षिक सयौं इभेन्ट हुन्छन्। नासा नेपालजस्तै अटोमोबाइल एसोसिएसन अफ् मेलेसियाको काम नीतिगत मात्र हो। हामीले सबै काममा तम्सनु पर्छ। धन्न धानेका रहेछौँ। अबको केही वर्षमा प्रमोसनको लागि स्पोर्टस् एउटा प्रमुख आधार हुनेछ। फोर ह्विलर र टु ह्विलरको रेसिब इभेन्टमा हामी झुकिन्छौं। फोर ह्विलरको महासंघ एफआईए हो। टु ह्विलरको महासंघ एफआईएम हो। कहिलेकाही एकै सर्किटमा एकै खेलाडी र धेरै देशमा एउटै संघ नियमन गर्छ।

नासा एफ वान जस्तै टु ह्विलरको मोटोजिपी छ। एफ वान सिरिज चल्छ। मूल्यांकनका आधार उस्तै हुन्छन्। एफ वान र मोटोजिपीबाहेक दर्जनौं विश्वव्यापी इभेन्ट छन्। फोर ह्विलको एफ वान र टु ह्विलको मोटो जिपीले छाया पारेका छन्। अक्टोबरमा रमाइलो संयोग परेको छ। चौथो हप्ता सेल एसिया ट्यालेन्ट कपमा नासा नेपालका दुई राइडर दिक्षा र अमनले प्रतिस्पर्धा गर्दैछन्। अवसर त गाडीको चक्काजस्तो हो टिक्नु र सिक्नुपर्छ। माथि चर्चा भएको सुमाकरको सम्झनामा एउटा अनुभव छ। मेरो सानैदेखिको बानी कसैको नाम, थरमध्ये एउटा सम्झने। नेपालका लगभग १५ हजारलाई राम्रोसग चिन्ने तर, नामथर एउटा सम्झने अनौठो मनुवामा पर्छु।

आफैलाई पत्याउनै गाह्रो म दुईवर्ष पाचमहिना कार्ल माक्र्सको कसम। द्धद्द हुदा घटना र मान्छे सम्झन्छु। मेकानिकल क्षेत्रको मान्छे न परे लगभग हजार पूर्जाको नाम र काम सम्झन्छु। जब सन् २००५ मा टुरिन क्याम्पस इटली पुगें। एकैपटक होस्टलमा सयौं देशका साथी भेटे क्लास रुममा दर्जन देशका। त्यतिबेला स्मरण क्षमता पञ्चर भयो।

जन्मजात नाम सम्झने प्रतिभा एकाएक हाम्रो सार्वजनिक यातायातजस्तै ध्वस्तै भयो। त्यसपछि सरेण्डर गरें। नामथर अझ देश र पदसमेत सम्झनुपर्ने चक्रव्यूहसग उच्चारण गर्नु कसरी ? लेख्नु, सम्झनु परै जावस्। त्यसपछि वैकल्पिक बाटो अपनाए। विदेशीको नामथरमध्ये कुनै एक पनि नसम्झने। नाम बोलायो थर पर्छ, थर भन्यो नाम पर्छ। अनुहार मात्र सम्झने। अहिले आदत भइसक्यो। थुप्रै अन्तर्राष्ट्रिय संघसंस्था, दर्जन अटोमोबाइल कम्पनीका सयभन्दा ज्यादा देशका हजारभन्दा बढी अफिसियल झल्झली सम्झन्छु र चिन्छु। सन्दर्भ क्षमता पञ्चर, एकदिन काठमाडौ–पोखरा रुट चल्ने तेस्रो सिनसियर सिटिजन्स् मोटर र्‍यालीको प्रपोजल बोकेर गोल्छा अर्गनाइजेसनका डाइरेक्टर शेखर गोल्छा कहा पुग्यौ। फोनबाट कुरा गर्दा उत्साहित हुनुहुन्थ्यो। मित्र मेघराज पौडेलसग हामीले काम गर्न थालेपछि कुनै सम्भावित प्रायोजकले उत्साहित भएर बोलाएको थियो।

मनको स्पिड फेरारीकै तहमा थियो। बोलाएकै समयमा दंग पर्दै महासचिव र कोषाध्यक्षकै पद र भ्रम बोकेर अफिसमा भेट्न गयौ। उहाको अफिसको के बयान गर्नु ! छेउमा ठुलो टेलिभिजनमा थरिथरिका रेसिब। आजसम्म थाहा छैन कुन प्रविधि थियो। कुरा सुरु भयो — प्रायोजनको। मेरो ध्यानै टेलिभिजनमा थियो। हाम्रो आर्थिक, सामाजिक पहुचबारे छलफल चल्दै गयो। डराइ—डराई प्रष्ट्यायौ। उहाले सर्बो लुब्रिकेन्ट्सको तर्फबाट फुल प्रायोजन गर्ने बताउनुभो। हाम्रा खुसी सुपरसोनिक झैँ, रकेट झैँ ठाडो बढ्न थाले। ठान्यौ ढिलो आएछौ। नेपालमै अटो स्पोर्टसको लागि पहिलोपटक दानवीर पाउनु चानचुने थिएन। कुराकानीकै क्रममा राखेप तथा एफआइएको ४३ आधिकारिकता पेस गर्‍यौ, लाग्छ जीवनकै ठुलो भुल गर्‍यौ। एक्कासी उहाले भन्नुभो’तपाइलाई हेपेको हैन। एउटा प्रश्नको उत्तर दिनुस् प्रायोजन पक्का।’

मैले भनेँ ’के एउटा ? दर्जन प्रश्नको उत्तर दिनसक्छु। महासचिव पद हो मेरो।’’के तपाई संसारका टपटेन रेसिब ड्राइभरको नाम भन्न सक्नुहुन्छ ? किनकी गेम ख्यालख्यालको होइन। तपाईंहरुलाई डोमिनेट गरेको हैन।’ प्रश्न हाम्रा लागि जरुरी थिएन। नाम थाहा पाए पनि नपाए पनि पदाधिकारी बनेकै थियौं। एफआइए/एफआइएम र राखेपले पत्याएकै थिए। अलिअलि इभेन्ट गरेकै थियौ। मात्र हाम्रा आर्थिक हैसियतमा ब्रेक थियो। सामाजिक हैसियत सबैको देखेकै हो। हे धन्वन्तरी कहाको’फुल प्रायोजन कहाको यो बज्रपात।’ किन ढाट्नु, कसरी ढाट्नु ? मैले भने’साहुजी बिन्ती छ कृपया यस्तो प्राणान्त जाने प्रश्न एक्कासी नसोधिबक्स्योस्। रहरले हैन, समयले हामीलाई ठेकेदार बनाएको। बरु ठेक्का जाओस्, प्रायोजन नजाओस् खेलाडीको नाम भन्न सक्दिन। अब प्रायोजनको एग्रिमेन्ट गरौं। उहा अत्यन्त व्यस्त। हाम्रा रामकहानी सुनिरहन फुर्सतै कहा ? यद्यपि त्यतिबेलासम्म दुईघण्टा भ्याइदिइसकेका थियौं। मुख्य प्रायोजनको एग्रिमेन्ट पेपर लिएर आउने सर्तमा फेरारीकै स्पिडमा गोल्छा हाउसबाट निस्केका हामी आजसम्म उहाकोमा पुग्न सकेका छैनौं। अब त पैतालीस पुगे। यसै लेखका माध्याबाट अनुरोध गर्न चाहन्छु‘आदरणीय शेखर साहुजी मलाई माफ गर्नुहोस्।’टप टेन’ होइन टप थ्री’कै नाम पनि भुल्न थालेको छु। सम्झन्छु मात्र माइकल सुमाकर।

सामाजिक उद्यमी गोविन्द भट्टराईको प्रकाशोन्मुख संग्रहकार्ल कार्क्सको कसमबाट 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved