अब सेयरबजार सातामा ६ दिन खुल्ने

यसअघिको निर्णय उल्टाउँदै सरकारले आइतबारको सार्वजनिक बिदा फिर्ता लिएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पनि बजार थप एक दिन खोल्ने भएको हो।

नेपालभ्युज

काठमाडौं। आगामी सातादेखि धितोपत्र बजार (सेयर बजार) ६ दिन खुल्ने भएको छ । आइतबारसहित शुक्रबारसम्म नै बजार खुल्ने भएको हो। यसअघिको निर्णय उल्टाउँदै सरकारले आइतबारको सार्वजनिक बिदा फिर्ता लिएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पनि बजार थप एक दिन खोल्ने भएको हो।

आगामी असार १ गतेदेखि पूर्ववत् रूपमै सातामा शनिबार मात्र सार्वजनिक बिदा हुनेछ।

तर, साताको अन्तिम कारोबार दिन शुक्रबार भने साढे दुई घण्टा मात्र बजार खोल्ने नेप्सेले जनाएको छ। शुक्रबार ११ बजे बजार खोलेर साढे १ बजे बन्द गरिने नेप्सेले जनाएको छ। अन्य बारहरू आइतबारदेखि बिहीबार भने साबिककै ११ बजेदेखि अपराह्न ३ बजेसम्म नै बजार खुल्नेछ ।

सरकारले गत जेठ १ गतेदेखि शनिवार र आइतबार दुईदिन सार्वजनिक बिदा दिएसँगै नेप्सेले पनि कारोबार दिनको सेडुल परिमार्जन गर्दै सोमबारदेखि शुक्रबारसम्म पाँच दिन बजार खोल्दै आएको थियो।

तर, आइतबारको बिदा कार्यान्वयनमा गएको एक महिना पनि नबित्दै सरकारले सो निर्णय फिर्ता लिएसँगै नेप्सेलाई पनि समय परिवर्तन गर्नुपरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved