गठबन्धन सरकार भएकाले कांग्रेसले चाहेअनुसार चल्दैन : प्रधानमन्त्री

नेपाली कांग्रेसको एकलौटी सरकार नभई गठबन्धनको भएका कारण सबैको माग सम्बोधन गर्न नसकिने उनले बताए। 

नेपालभ्युज

गठबन्धन सरकार भएकाले कांग्रेसले चाहेअनुसार चल्दैन : प्रधानमन्त्री
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकार भएका कारण पार्टीले चाहेअनुसार काम गर्न नसकिने बताएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौं शुरु भएको राष्ट्रिय सम्मेलनको उद्घाटनमा कांग्रेसको एकलौटी सरकार नभएकाले चाहेअनुसार धेरै काम गर्ने स्थिति नरहेको बताउँदै उनले पार्टी सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरुलाई सरकारसँग धेरै माग नगर्न आग्रह गरे।

नेपाली कांग्रेसको एकलौटी सरकार नभई गठबन्धनको भएका कारण सबैको माग सम्बोधन गर्न नसकिने उनले बताए।

प्रधानमन्त्री देउवाले श्रमिकहरुको हक, अधिकार र आवश्यक सुविधा पूरा गराउने मामिलामा भने सरकार प्रतिबद्ध रहेको बताए। कोभिड महामारीले देशको उद्योगधन्दा लगायत सम्पूर्ण कुरामा त्यसको प्रभाव पारेकाे पनि उनले बताए।

उनले भने, “यो सरकार कांग्रेसको एकलौटी सरकार होइन, त्यसैले सरकारसँग धेरै माग नराख्नुहोस्। बजेटमा धेरै विषय समेटिएको छ, नसमेटिएको विषयलाई विस्तारै पूरा गर्दै जान्छौँ। सबै कुरा एकैचोटी पूरा हुँदैन।”

प्रधानमन्त्री देउवाले सरकारले कोभिडविरुद्ध खोप अभियानलाई प्रभावकारी बनाएका कारण महामारीको प्रभाव कम भए पनि रूस–युक्रेनबीचको युद्धका कारण देशको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved