कर्णालीको गरीबीको बहुआयामिक दर ३९‍.५ प्रतिशत

नेपालभ्युज

कर्णालीको गरीबीको बहुआयामिक दर ३९‍.५ प्रतिशत

सुर्खेत। कर्णाली प्रदेशको गरीबीको बहुआयामिक दर ३९.५ प्रतिशत रहेको छ।

कर्णालीको बहुआयमिक गरीबी दर बढ्दो क्रममा रहेको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेशसभामा पेश गरेको ‘आर्थिक सर्वेक्षण २०७८/०७९’ मा उल्लेख छ।

कर्णाली प्रदेशको प्रतिव्यक्ति आय ९६४ अमेरिकी डलर रहने अनुमान गरिएको छ।

कर्णालीमा थपिन थाले बैंक

कर्णाली प्रदेशमा बैंकिङ तथा बीमा क्षेत्रमा काम गर्ने वित्तिय संस्थाहरु वृद्धि हुन थालेका छन्। वि.सं २०७८ चैतसम्म कर्णाली प्रदेशमा वाणिज्य बैंकको संख्या १९७, विकास बैंक २१, वित्त कम्पनी तीन तथा लघुवित्त संस्थाको २३० गरी ४५१ बैंक तथा वित्तिय संस्थाका शाखा पुगेको सर्वेक्षणमा उल्लेख गरिएको छ। गत आर्थिक वर्षमा बैंक तथा वित्तिय संस्थाको संख्या कूल शाखा ४१२ रहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved