एमाले सांसद ज्ञवालीको माग : प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराइयोस्

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका विषयमा संसदलाई जानकारी गराउन नेकपा (एमाले) का सांसद प्रदीप ज्ञवालीले माग गरेका छन्।

नेपालभ्युज

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका विषयमा संसदलाई जानकारी गराउन नेकपा (एमाले) का सांसद प्रदीप ज्ञवालीले माग गरेका छन्।

आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेका हुन्।

“शेरबहादुर देउवा प्रधानमन्त्रीको हैसियतमा अमेरिका भ्रमणमा जान लागेका हुन् वा रक्षामन्त्रीको हैसियतमा ? ” पूर्व मन्त्रीसमेत रहेका एमाले नेता ज्ञवालीले प्रश्न गरे। प्रधानमन्त्रीको भ्रमणको तयारी चल्दै गर्दा प्रमुख प्रतिपक्षी दललाई जानकारी नगराइएको उनको आरोप छ।

शुक्रबार पनि प्रधानमन्त्रीको भ्रमणबारे जानकारी मागिएको थियो। नेकपा (माओवादी केन्द्र) का देव गुरुङदेखि नेकपा एमालेकै नेताहरुले भ्रमणबारे जानकारी नगराइएको भन्दै आपत्ति जनाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved