खगेन्द्र लामिछाने निर्देशित पानीफोटोको ‘फस्ट लुक्स’ सार्वजनिक

नेपालभ्युज

खगेन्द्र लामिछाने निर्देशित पानीफोटोको ‘फस्ट लुक्स’ सार्वजनिक

काठमाडौं। लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले निर्देशन गरेको चलचित्र पानीफोटोको फस्ट लुक्स सार्वजनिक भएको छ।

माओवादी जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा रहेका बुवाआमाको कथालाई लिएर बनाइएको यस चलचित्रमा खगेन्द्रसहित मेनुका प्रधान, अनुप बराल र मल्लिका महतलगायतको अभिनय रहेको छ।

टुकी आर्ट्स र मञ्जुश्री फिल्मस्को सहकार्यमा निर्माण भएको यो फिल्म बर्दिया, रोल्पा र स्याङ्जाका विभिन्न भागमा शुटिङ गरिएको छ। फिल्मको निर्माण रोजिना सिटौला र रविन्द्र बज्राचार्य गरेकोमा कथा लेखन लामिछाने आफैले गरेका हुन्।

चलचित्र १३ साउनमा रिलिज हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved