विप्लव नेतृत्वको नेकपाद्वारा एमसीसी खारेजको मागसहित प्रदर्शन

नेकपाले ३० जेठमा एमसीसीको कार्यालय घेराउ गर्ने र यातायातको भाडा वृद्धिविरुद्ध असार ५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने जनाएको छ।

नेपालभ्युज

विप्लव नेतृत्वको नेकपाद्वारा एमसीसी खारेजको मागसहित प्रदर्शन

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेज गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ।

एमसीसीका नाममा अमेरिकी सम्राज्यवादी हस्तक्षेप बढ्न खोजेकाले यसलाई खारेज गर्नुपर्ने भन्दै नेकपाले शुक्रबार काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरुले गो ब्याक एमसीसी, अमेरिकी हस्तक्षेप बन्द गर लगाएतका नारा लगाएका थिए। त्यस्तै उनीहरुले भ्रष्ट्राचार एवं कमिशनको डरलाग्दो खेल, असार लाग्दा समेत किसानहरुले मल विउ नपाएर तड्पीनुपर्ने अवस्था अन्त्य गर्न पनि माग गरेका छन्।

नेकपाले ३० जेठमा एमसीसीका कार्यालय र जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र घेराउ गर्ने जनाएको छ भने चर्को महँगी र यातायातको भाडा वृद्धिविरुद्ध असार ५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved