नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराले अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ।

नेपालभ्युज

नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा
फाइल तस्वीर

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराले अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा बिहान ८ः४५ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ११ः१५ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको हो।

बुधबार रातिदेखि पहिरोका कारण सो सडक पटकपटक अवरुद्ध हुँदै आएको छ।

सवारीको लामो लाइन भएका कारण सडकखण्ड पार गर्न घण्टौँ समय लाग्ने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved