बसको ठक्करले सहचालकको मृत्यु

काठमाडौंबाट भारततर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले सोही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो।

नेपालभ्युज

बसको ठक्करले सहचालकको मृत्यु
सांकेतिक तस्वीर

चितवन। पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ।

आज बिहान ४ बजेको समयमा इच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट भारततर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले सोही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो।

दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ भने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved