संगीतका लागि पढाइ छाडेका जोनी डेप कलाकार बने, लिन्छन् एकै फिल्मको २ अर्ब पारिश्रमिक

१६ वर्षको उमेरमा जोनी जब १० कक्षामा पढ्थे उनले पढ्न छाडिदिए, किनकी उनी संगीतकार बन्न चाहन्थे।

नेपालभ्युज

संगीतका लागि पढाइ छाडेका जोनी डेप कलाकार बने, लिन्छन् एकै फिल्मको २ अर्ब पारिश्रमिक

एजेन्सी। हलिउडका चर्चित अभिनेता जोनी डेप आज ५९ वर्षका भए। जोनी आफ्नो दमदार अभिनय र शैलीले फ्यानहरूको मनमा राज गरिरहेका छन्। उनलाई मानिसहरू ‘पाइरेट्स अफ द क्यारेबियन’ को ‘ज्याक स्प्यारो’का रूपमा चिन्छन्।

उनकी पूर्व पत्नी एम्बर हर्डले उनीविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन्। यो मुद्दाको फैसला पनि आइसकेको छ। तर्क र साक्षीहरू पछिको फैसला अनुसार, जोनी डेप निर्दोश साबित भएका छन्।

जोनी डेप अभिनेता, निर्माता र संगीतकार हुन्। उनको जन्म ९ जुन १९६३ मा अमेरिकामा भएको थियो। जोनी १२ वर्षको हुँदा उनका आमाबुवाबीच डिभोर्स भयो। त्यसको केही समयपछि उनकी आमाले रोबर्ट पाल्मरसँग विवाह गरिन्। जोनी रोबर्ट पामरलाई आफ्नो सबैभन्दा ठूलो प्रेरणा मान्थे।

जोनी जब डेप १२ वर्षका थिए, उनकी आमाले उनलाई गिटार उपहार दिएकी थिइन्। त्यसपछि डेपले विभिन्न ब्यान्डमा गितार बजाउन थाले। १६ वर्षको उमेरमा जोनी जब १० कक्षामा पढ्थे उनले पढ्न छाडिदिए, किनकी उनी संगीतकार बन्न चाहन्थे। तर जब पछि उनी फेरि स्कूल फर्किए, प्रिन्सिपलले आफ्नो रहर पछ्याउन भने १९८० मा उनले ब्यान्ड द किड्स शुरु गरे, जसले पछि यसको नाम परिवर्तन गरेर सिक्स गन मेथड राखियो।

२० वर्षको उमेरमा जोनी डेप लस एन्जलस गए। त्यहाँ एकदिन उनको भेट अभिनेता निकोलस केजसँग भयो। निकोलसले जोनीलाई अभिनयमा करियर बनाउन सल्लाह दिए। जोनीलाई पनि अभिनयमा रूची थियो। निकोलसको सहयोगमा उनले ए नाइटमेयर अन एल्म स्ट्रिट नामक फिल्मको लागि अडिसन दिए र उनी यस फिल्मको भूमिकाका लागि छनोट पनि भए। उनको अभिनय करियर यहीँबाट शुरु भयो।

सन् १९८७ मा फक्स टेलिभिजनमा २१ स्ट्रिट सिरिज प्रशारित भयो, यसमा उनको मुख्य भूमिका थियो। जसले डेपलाई करियरको उचाईमा पुर्‍यायो। फिल्महरूमा उनलाई अफर आउन थाल्यो र अन्तत: उनी प्रसिद्ध अभिनेता बने।

सन् १९८६ मा जोनीले ओलिभर स्टोनको फिल्म प्लाटुनमा सानो भूमिका खेले। त्यसको चार वर्षपछि उनले टिम बर्टनको फिल्म एडवर्ड सिजरह्यान्ड्सको मुख्य भूमिका खेले। फिल्मले निकै चर्चा कमायो, डेनी रातारात स्टार बने। त्यसपछि उनले लामो समय टिम बर्टनसँग मिलेर काम गरे। सन् १९९३ मा वाल्ट डिज्नी पिक्चर्सको फिल्म पाइरेट्स अफ क्यारिबियन : द कोर्स अफ द ब्ल्याक पर्लले जोनी डेपलाई ठूलो सफलता दिलायो। यस फिल्ममा जोनीले निभाएको पाइरेट अर्थात ज्याक स्प्यारोको भूमिकालाई दर्शकले निकै रुचाए।

यो चरित्रले उनलाई विश्वव्यापी मान्यता ल्यायो। त्यसपछि यो फिल्मको दोस्रो र तेस्रो भाग पनि रिलिज भएको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए। जोनीले त्यसपछि २००५ को फिल्म चार्ली एन्ड द चकलेट फ्याक्ट्रीमा विली वोंकाको भूमिका निभाएका थिए। यो फिल्म बक्स अफिसमा निकै सफल भएको थियो।

संगीतकार बन्न पढाइ छाडेका अभिनेता डेप अहिले एकै फिल्ममा काम गरेको १६ मिलियन डलर (नेपाली २ अर्ब ४९ करोड रुपैयाँ) सम्म पारिश्रमिक लिन्छन्। उनले ‘फ्यान्टास्टिक बिस्ट’ फ्रेन्चाइजको फिल्मका लागि १६ मिलियन डलर किस्तामा लिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved