जन्मदिन मनाउन बिहानै पशुपति पुगे राजेश हमाल

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल आज आफ्नो जन्मदिन मनाउँदैछन्। उनी बिहीबारदेखि ५८ वर्षमा लागेका छन्।

नेपालभ्युज

जन्मदिन मनाउन बिहानै पशुपति पुगे राजेश हमाल
फाइल फोटो

काठमाडौं। नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल आज आफ्नो जन्मदिन मनाउँदैछन्। उनी बिहीबारदेखि ५८ वर्षमा लागेका छन्। वि.सं २०२१ साल जेठ २७ मा तानसेन पाल्पामा जन्मेका नायक हमाल चलचित्र २०४७ मा ‘युगदेखि युगसम्म’ बाट अभिनयमा प्रवेश गरेका थिए। उनी नेपाली चलचित्रका महानायक मानिन्छन्।

अभिनेता हमाल जन्मदिन मनाउन बिहीबार बिहानै आफ्नो परिवारसँग पशुपति मन्दिर पुगेका छन्। उनी श्रीमती मधु हमालसँग दर्शनका लागि मन्दिर पुगेका हुन्।

उनी सामान्य तरिकाले आफ्नो जन्मदिन मनाउँदै आएका छन्। ‘युगदेखि युगसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले आफ्नो करिअरमा तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्।

नायक राजेश हमालले अभिनय गरेका चर्चित फिल्महरू ‘वसन्ती, देउता, भाउजू, युगदेखि युगसम्म’ हुन्। एक समयका सर्वाधिक चर्चित नायक मानिने हमालका तारिफ पाउने खालका चलचित्र  थोरै छन्। त्यो त पछिल्लो समयमा उनी फिल्म भन्दा म्यूजिक भिडियोमा पनि बढी देखिन थालेका छन्।

उनी एक सम्पन्न नेपाली परिवारमा जन्मिएका हुन् । उनका पिता विभिन्न देशका लागि नेपालको तर्फबाट राजदूत भएका थिए । राजेश हमालले आफ्नो विद्यालय स्तरीय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम. ए अङ्ग्रेजी) भारतको पन्जाब विश्वविद्यालयबाट पुरा गरेका हुन् । नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कुलमा उनले अध्ययन गरेका थिए ।

सर्वप्रथम सन् १९८५ मा भारतको फेसन नेट म्यागजिनमा र सन् १९८६ मा नेपालको काठमाडौँमा ¥यापमा हिँडेर ग्ल्यामरमा प्रवेश शुरू गरेका थिए। एक वर्षमा उनले औसत १०–१२ वटा सम्म चलचित्रहरूमा उनले अभिनय गर्ने गरेका छन्। सन् १९९४ मा उनले १६ वटा चलचित्र सम्ममा अभिनय गरेका थिए। १७० भन्दा बढी नेपाली र १ पाकिस्तानी चलचित्रमा उनले अभिनय गरेका छन्। आफूले गरेका चलचित्र मध्ये देवता र वसन्ती उनलाई सबैभन्दा मन पर्ने चलचित्रहरू हुन्। राजेशको जीवनमा धेरै जनासँग नाम जोडिए पनि (सन् २०१४) मात्र उनी विवाह बन्धनमा बाँधिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved