काठमाडौंको फोहोर विसर्जन गर्न नदिएका बन्चरेडाँडाका स्थानीय र प्रहरीबीच झडप (फोटोहरू)

बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न नदिँदा स्थानीय र प्रहरीबीच झडप भएको छ।

काठमाडौंको फोहोर विसर्जन गर्न नदिएका बन्चरेडाँडाका स्थानीय र प्रहरीबीच झडप (फोटोहरू)

काठमाडौं। बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न नदिँदा स्थानीय र प्रहरीबीच झडप भएको छ। सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाबीच भएको सहमति\सम्झौता आफूहरूलाई चित्त नबुझेको भन्दै स्थानीयवासीले फोहोर फाल्न अवरोध गरेपछि झडप भएको हो।

स्थानीयवासीले काठमाडौंबाट बन्चरे डाँडा ल्याण्डफिल साइट पुगेका गाडी रोकेर बिहानदेखि अवरोध सिर्जना गरेपछि प्रहरी पुगेको थियो। अबरोध गरिरहेका स्थानीयलाई  हटाउन प्रहरी परिचालन गरिएपछि झडप भएको हो। अहिले झडप जारी छ।

यसअघि हिजो पनि प्रहरी लगाएर स्थानीयलाई हटाइएको थियो। स्थानीयले आफ्ना माग पूरा नभई फोहोर व्यवस्थापन गर्न लागेको भन्दै अवरोध सिर्जना गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved