करेन्ट लागेर एकको मृत्यु

नेपालभ्युज

करेन्ट लागेर एकको मृत्यु
सांकेतिक तस्वीर

सिमकोट। गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुर बस्ने १७ वर्षीय रोहितसिंह गनगाईको करेन्ट लागेर आज मृत्यु भएको छ।

छिमेकीको विवाहमा जेनेरटरको तार खोल्ने क्रममा करेन्ट लागेर गनगाई घाइते भएका थिए। घाइते उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved