डेढ महीनाभित्र सबै सवारीमा इम्बोस्ड नम्बर जडान गर्नुपर्छ भनेका छैनौँ : विभाग

नेपालभ्युज

डेढ महीनाभित्र सबै सवारीमा इम्बोस्ड नम्बर जडान गर्नुपर्छ भनेका छैनौँ : विभाग

काठमाडौं। यातायात व्यवस्था विभागले डेढ महीनाभित्र सबै सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न अनिवार्य नगरेको बताएको छ।

सबै किसिमका सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बरप्लेट जडान गर्न भनिएको भन्दै चौतर्फ आलोचना भइरहेको छ।तर विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले डेढ महीनाभित्रै सबै सवारीमा इम्बोस्ड नम्बर जडान गर्न नभनिएको प्रतिक्रिया दिए।

उनले १ मंसीर २०७८ पछि दर्ता भएका सवारीसाधनलाई मात्रै इम्बोस्ड नम्बरप्लेट जडानका लागि अनिवार्य गरेको बताए।

मंसीर अगाडि दर्ता भएका सवारीसाधनमा सम्बन्धित कार्यालयसँगको सहकार्यमा चरणवद्ध नयाँ नम्बरप्लेट जडान गरिने जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved