माधव नेपालको सिफारिस प्रधानमन्त्रीद्वारा अस्वीकार, तत्काल मन्त्री नफेरिने

नेपालभ्युज

माधव नेपालको सिफारिस प्रधानमन्त्रीद्वारा अस्वीकार, तत्काल मन्त्री नफेरिने

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का चार मन्त्री हेरफेर तत्काल नहुने भएको छ।

नेकपा एसले आइतबार नै आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाउने र उनीहरूको ठाउँमा चार नयाँ नाम सिफारिस गरेको थियो। ती मन्त्रीको आज शपथ ग्रहण कार्यक्रम समेत राखिएकोमा उक्त कार्यक्रम रोकिएको छ। उक्त निर्णय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्वीकार गरेका छन्।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मन्त्री फिर्ता बोलाउने निर्णयमा असहमति जनाएको बताइएको छ।

बजेट पारित नभएसम्म मन्त्री हेरफेर गर्न नहुने देउवा र प्रचण्डको अडानपछि तीन नेताबीच तत्काल मन्त्री हेरफेर नगर्ने सहमति भएको स्रोतले बताएको छ।

यससँगै मन्त्रिमण्डल हेरफेर एक साताका लागि सरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved