निद्रामा पर्दैछ जलवायु परिवर्तनको असर, घट्न सक्छ निदाउने समय

अनुसन्धानकर्ताहरूले ३० डिग्री सेल्सियस भन्दा माथि गर्मी भएका रातहरूमा मानिसहरूको निद्रा औसतमा १५ मिनेटले घटेको पाएका थिए।

नेपालभ्युज

निद्रामा पर्दैछ जलवायु परिवर्तनको असर, घट्न सक्छ निदाउने समय

जलवायु परिवर्तनको कारण मानिसले निदाउने समय घट्न सक्ने विभिन्न अध्ययनले देखाएका छन्।

कोपनहेगन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको नयाँ अध्ययनअनुसार सन् २०९९ सम्ममा बढ्ने तापक्रमका कारण निदाउने समयमा हरेक वर्ष ५० देख ५८ घण्टा घट्न सक्छ।

यो निष्कर्षमा पुग्न अनुसन्धाताहरूले ६८ देशका ४७ हजारभन्दा बढी वयस्कहरूको निद्राको अध्ययन गरेका थिए।

अनुसन्धानकर्ताहरूले ३० डिग्री सेल्सियस भन्दा माथि गर्मी भएका रातहरूमा मानिसहरूको निद्रा औसतमा १५ मिनेटले घटेको पाएका थिए।

तापक्रम बढेसँगै दैनिक सात घण्टाभन्दा कम सुत्ने सम्भावना बढेको छ।

यसअघि प्रयोगशालामा गरिएको अध्ययनले कोठाको तापक्रम घट्दा वा बढ्दा मानिस र जनावरको निद्रामा असर परेको देखाएका थियो तर त्यो अध्ययनका आफ्नै सीमा थिए।

अनुसन्धानले मानिसका लागि धेरै गर्मी उपयुक्त नभएको देखाएको छ।

त्यस्तै जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा विकासशील देशका मानिसहरूको निद्रामा बढी असर परेको अनुसन्धानले देखाएको छ। विकसित देशका मानिसहरूको घरमा वातानुकुलित व्यवस्था हुँदा असर कम परेको पाइएको छ।

कोपनहेगन विश्वविद्यालयका अन्वेषक केल्टर माइनरका अनुसार जलवायु परिवर्तनले मानिसको स्वास्थ्यमा असर पार्छ भने उत्पादकता घटाउन सक्छ। उनी भन्छन्, “जलवायु परिवर्तनको असर कम गर्न हामीले हरितगृह ग्यास उत्सर्जनका विकल्प खोज्दै जलवायु नीति निर्णयहरू अगाडि बढाउन आवश्यक छ।”

इन्डियाटाइम्सबाट अनुदित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved