मन्त्री फेर्ने निर्णयलगत्तै प्रचण्ड भेट्न पुगे माधव

नेपालभ्युज

मन्त्री फेर्ने निर्णयलगत्तै प्रचण्ड भेट्न पुगे माधव
फाइल फोटो

काठमाडौं। आफ्ना पार्टीका मन्त्रीहरू फेर्ने निर्णयपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न पुगेका छन्।

नेकपा एसले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानलाई फिर्ता बोलाएको छ।

उनीहरूको ठाउँमा पार्टीले क्रमश जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ, हीरा केसी र शेरबहादुर कुँवरको नाम सिफारिस गरेको छ।

यसैबीच उनीहरूलाई ६ महीनाका लागि मात्रै सरकारमा पठाइएको अध्यक्ष नेपालले बताइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved