सिक्किममा ‘कबड्डी ४’लाई प्रतिबन्ध गराउन माग

नेपालका सिनेमा हलमा राम्रो प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४लाई सिकिम्ममा प्रदर्शनमा प्रतिबन्ध लगाउन माग भएको छ। भारतको सिकिम्ममा फिल्मको प्रदर्शनलाई बन्द गर्न माग गरिएको हो।

नेपालभ्युज

सिक्किममा ‘कबड्डी ४’लाई प्रतिबन्ध गराउन माग

काठमाडौं। नेपालका सिनेमा हलमा राम्रो प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४लाई सिकिम्ममा प्रदर्शनमा प्रतिबन्ध लगाउन माग भएको छ। भारतको सिकिम्ममा फिल्मको प्रदर्शनलाई बन्द गर्न माग गरिएको हो।

सिकिम्मका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्मलाई प्रतिबन्ध लगाउन माग गरेका हुन्। पत्रकार सम्मेलनमा सिक्किमका धर्म गुरु पिन्त्सोले भनेका छन्, ‘‘वास्तवमा बौद्ध धर्म र भिक्षुलाई अन्याय भएको छ। यस विरुद्ध सबैले आवाज उठाउन जरुरी छ।’’

अहिले सामाजिक सञ्जालमा भाइरल भिडिओमा पनि भिक्षु फुर्पा तामाङले जानाजान अभिनेत्री मिरुनालाई छोएको देखिन्छ। भिक्षु फुर्पा २ दिन हिरासत बसेर निस्किएका हुन्।

केही समयअघि फिल्मकै अभिनेत्री मिरुना मगर र बौद्ध धर्मका भिक्षु फुर्पा तामाङबीच विवाद भएको थियो। उक्त विवाद चर्किँदै जाँदा सिक्किमा फिल्मलाई प्रतिबन्ध लगाउन माग भएको हो।

‘कबड्डी–४’ हेर्न आएका दर्शकलाई हिरोइनले झापड हानेर पुलिसलाई बुझाइन्

काठमाडौं सिभिल मलमा भिक्षु फुर्पा तामाङले अभिनेत्री मिरुना मगरलाई ब्याड टच गरेको आरोप लागेको थियो। अहिले सामाजिक सञ्जालमा भाइरल भिडिओमा पनि भिक्षु फुर्पा तामाङले जानाजान अभिनेत्री मिरुनालाई छोएको देखिन्छ। भिक्षु फुर्पा २ दिन हिरासत बसेर निस्किएका हुन्।

निस्किएपछि अभिनेत्री मिरुनासँग माफि समेत मागेका छन्। तर अहिले भिक्षु फुर्पाले आफूले गल्ती नगरेपनि मिरुनालार्य बचाउन माफि दिएको दाबी गर्दै आएका छन्।

फुर्पाले भने- कबड्डीकी हिरोइन मिरुनाले रुँदै बचाइदेऊ भनेपछि नगरेको गल्ती स्वीकारेँ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved