कमल थापाको निश्कर्ष – अब राजसंस्था फर्कन सक्ने अवस्था छैन

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब राजसंस्था फर्कन सक्ने अवस्था नरहेको दाबी गरेका छन्।

नेपालभ्युज

कमल थापाको निश्कर्ष – अब राजसंस्था फर्कन सक्ने अवस्था छैन
फाइल तस्वीर

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब राजसंस्था फर्कन सक्ने अवस्था नरहेको दाबी गरेका छन्। विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन्। पार्टीको अगुवा कार्यकर्ता भेलाका लागि विराटनगर आएका थापाले डेढ दशकयता राजसंस्थासहितको प्रजातन्त्रका लागि पहल गरेको बताए।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरेमा आउँदा दिनमा सहकार्य हुनसक्ने पनि उनले बताए। उनले भने, ‘‘हामी कांग्रेस, एमाले माओवादीसँग सहकार्य गर्न सक्छौँ भने राप्रपासँग सहकार्य गर्न नसक्ने भन्ने कुरा आउँदैन तर सहकार्य र एकताका लागि राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्छ।’’

अर्को प्रसङ्गमा अध्यक्ष थापाले अहिले हिन्दु, बौद्ध र किरात धर्मप्रति सङ्गठित रुपमा आतङ्क सिर्जना गरिएको र यो प्रक्रियालाई रोक्न नसके धार्मिक द्वन्द्व हुनसक्ने खतरा रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved