भारत-बंगलादेशलक्षित पर्यटन अभियान शुरु

भारत-बंगलादेशलक्षित पर्यटन अभियान शुरु
cGgk"0f{ cfwf/ lzlj/ -PaL;L_ k'u]/ kmls{g] qmddf 5f]d|f]ªdf tl:a/ lvRb} lrlgof ko{6s . tl:a/ M bLks kl/of/÷sflGtk'/

काठमाडौं। नेपालको प्रमुख पर्यटकीय स्रोत बजार छिमेकी मुलुक भारत र बंगलादेशमा ‘समर टुरिज्म क्याम्पेन’ नामक पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गरिएको छ। नेपाल उद्योग परिसंघले भारतीय र बंगलादेशी पर्यटकलक्षित गर्दै उक्त अभियान शुभारम्भ गरेको हो।

कोभिड–१९ पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटकसमेत विस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरूलाई नेपालमा आकर्षित गर्न यो अभियान सञ्चालन गरिएको परिसंघले जनाएको छ। हाल भारत र बंगलादेशमा निकै गर्मी छ।

भारतको नयाँ दिल्लीलगायत गन्तव्यमा ५० डिग्री हाराहारी तापक्रम पुगेको जनाइएको छ। भारत र बंगलादेशमा अहिले गर्मी बढिरहेकाले शीतलताका लागि नेपाल उपयुक्त गन्तव्य हुने र पर्यटकको संख्या पनि बढ्ने भएकाले अभियान सञ्चालन गरिएको परिसंघका महानिर्देशक दीपकराज जोशीले बताए।

उनले भने, “अहिले भारत र बंगलादेशमा गर्मी भइरहेका बेला मानिसले शीतल ठाउँ कहाँ हुन्छ भनेर खोजिरहेका हुन्छन्, त्यस्तो बेला उनीहरूको माइन्डमा नेपाल क्लिक होस् भनेर ‘गर्मीसे बेहाल ः चलो नेपाल’ भन्ने हिन्दी र बंगलादेशी भाषामा प्रवर्द्धन सामग्री बनाएर प्रचारप्रसार गरिनेछ।”

महानिर्देशक जोशीले भारत र बंगलादेशमा रहेका परिसंघको नेटवर्कबाट पनि यो अभियान प्रवर्द्धन गरिने बताए। परिसंघले भारतमा अल इन्डिया एसोसिएसन अफ इन्डस्ट्रीज, फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीज, फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीज, पीएचडी च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजसँग सहकार्य गर्दै आएको छ।

यस्तै, बंगलादेशको मेट्रोपोलिटिन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र ढाका च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजसँग पनि परिसंघले सहकार्य गर्दै आएको छ। यो अभियान यी संस्थाहरूमार्फत पनि ती देशमा प्रवर्द्धन गरिने जोशीले बताए। परिसंघले नेपालको पर्यटन प्रवर्द्धन गर्न र पर्यटक भित्र्याउन यो अभियान सञ्चालन गरेको हो।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भारत र बंगलादेशलक्षित पर्यटन प्रवर्द्धन अभियानले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। बोर्डले पनि यसअघि यस्तै अभियान सञ्चालन गरेको थियो। बोर्डले भारत, बंगलादेशलगायत क्षेत्रीय गन्तव्यको बजारीकरण र प्रवर्द्धनमा काम गर्दै आएको छ। सोही प्रभावस्वरूप भारतीय पर्यटक पछिल्लो मे महीनामा करीब नौ प्रतिशत वृद्धि भएको छ।

बंगलादेशका २०० प्रतिशतभन्दा बढी बढोत्तरी भएको बोर्डको विश्लेषण छ। नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्सजस्ता ठूला नेटवर्क भएका संस्थाबाट गरिने पर्यटन प्रवर्द्धनात्मक अभियानले नेपालको पर्यटनमा सकारात्मक भूमिका निर्वाह गर्ने भएकाले यसबाट पर्यटन क्षेत्रले लाभ लिन सक्ने निर्देशक लामिछानेको भनाइ छ।

गर्मी मौसममा उनीहरू बाहिर भ्रमण गर्न निस्कन खोजिरहेको बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित गर्ने परिसंघको विश्वास छ। लामो समय कोरोनाबाट प्रभावित पर्यटन उद्योगको प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्यले नै अभियान सञ्चालन गरिएको यो अभियानले भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक भित्र्त्याउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

भारत र बंगलादेश दु्रत रूपमा वृद्धि भइरहेको बजार हो। दुवै देशको आर्थिक वृद्धि पनि उच्च छ। नेपालसँग हवाई सञ्जाल राम्रो र सहज पनि भएकाले यी देशका नागरिक अरू मुलुकमा भ्रमण गर्नुभन्दा नेपालमा आउन सहज पनि छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले भारतका तीन नयाँ दिल्ली, मुम्बई र बैंग्लोर गन्तव्यमा सिधा उडान गरिरहेको छ।

सन् २०१९ मा दुई करोड ६३ लाखभन्दा बढी भारतीय अरू मुलुकको भ्रमणमा गएको तथ्यांक छ। यस्तै, सोही अवधिमा २५ लाख बंगलादेशका नागरिक पनि अरू मुलुकमा भ्रमणका लागि निस्किएको देखिन्छ। कोरोनापछि उनीहरू विस्तारै बाहिर निस्कन थालेकाले नै उनीहरूलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो।

नेपाल भित्रिने विदेशी पर्यटकमध्ये हालसम्मको आँकडामा भारत नै सबैभन्दा अगाडि छ। कोरोनापूर्व वार्षिक दुई लाख हाराहारी भारतीय पर्यटक नेपाल आउने गरेको रेकर्ड छ। कोरोना महामारीकै दौरानमा पनि सबैभन्दा बढी भारतीय नेपाल भ्रमणमा आएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘टुरिज्म स्टाटिक्स २०२०’ का अनुसार सन् २०२० मा दुई लाख ३० हजार ८५, सन् २०१९ मा ११ लाख ९७ हजार १९१ र सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। यो संख्यामा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन्।

सन् २०२० मा ४० हजार ३३६, सन् २०१९ मा दुई लाख ५४ हजार १५० र सन् २०१८ मा एक लाख ९४ हजार ३२३ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका थिए। यस्तै, बंगलादेशबाट सन् २०२० मा चार हजार ९१७, सन् २०१९ मा २५ हजार ८४९ र सन् २०१८ मा २६ हजार ३५५ पर्यटक नेपाल भित्रिएको तथ्यांक छ।

कोरोना महामारीपछि नेपालको पर्यटन विस्तारै लयमा फर्किंदै छ। पछिल्ला दिनमा पर्यटक आगमन पनि निरन्तर बढिरहेको छ। नेपाल पर्यटन बोर्डको तथ्यांकानुसार सन् २०२२ को पाँच महीनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका छन्।

पछिल्लो मे महीनामा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो अप्रिल महीनामा ५८ हजार ३८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved