व्यक्तिवृत्तः

एक बूँद- अनेक कथा

आर्थिक संकटको ‘घेराबन्दी’ मा परे, नराम्ररी। जोर्नैपर्‍यो हातमुख, धान्नैपर्‍यो जीवन। कुनै न कुनै उपाय निकाल्ने क्रममा उनले रिक्साचालकको सहज बाटो निकाले। भन्छन्, ‘आर्थिक संकट परेपछि मैले ६ महीनासम्म रिक्सा चलाएर जीवन धानेँ।’

एक बूँद- अनेक कथा

‘जता हेर्‍यो उतै फुंग उडेको
भैरहवा
हिलोको तलाउबाट निस्केको
भैंसीको ‘भै’
तावामा छुटेर जलेर रोटीको– ‘र’
गालीजस्तो नरमाइलो तातो
हावाको– ‘हवा’
(भूपी शेरचन, ‘भैरहवा’)

दशकौंपूर्व सीमावर्ती शहर भैरहवालाई भूपीले यसरी चिने र गरे चित्रण। त्यो शहरलाई दशकौंयता भोग्नेमा चाहिँ परे– बूँद राना। २०२३ सालदेखि अविच्छिन्न रुपमा बूँद भैरहवाका बूँद–बूँदसँग परिचित छन्। त्यही शहरको माटो, पानी, उखर्माउलो गर्मी/शीतलहरजस्ता पर्यावरणीय आयामसँग भिज्दै आएका उनले लेखन, राजनीति, शिक्षण र सामाजिक कार्यलाई हुर्काउनेसमेत औसर पाए।

अचेल उनी आफ्नै जीवनकथा सँगसँगै भैरहवाको पनि कथा लेखिरहेका छन्। पूर्ववर्ती समयदेखि आजपर्यन्त बाँचिरहेको भैरहवाको कथा। भन्छन्, ‘नियमित शृंखलाका रुपमा मैले आफ्नो जीवनवृत्त लेखिरहेको छु। बाल्यकालदेखि अहिलेसम्म मैले केके भोगेँ, ती सबै कुरा लेखिरहेको छु।’ पछि पुस्तकाकारका रुप दिने हेतुले लेखिरहेको जीवनवृत्त हरेक शनिबार स्थानीय ‘दैनिक लुम्बिनी’ मा छापिँदै आएका छन्।

संघर्षका अनेक थुम्की छिचोल्दै शिखर–उन्मुख उनको यात्राका नालीबेली बडो रोचक लाग्छन्। लेखिरहेको जीवनवृत्तमा २०५५/०५६ सालसम्मका कहानी बुनिएका छन्। भन्छन्, ‘सम्झनामा जेजे आइरहेका छन्, तिनैलाई लेखिरहेको छु। मेरो जेजस्तो स्वभाव छ, त्यही स्वभाव लेखनमा फोकस भएका छन्।’

लोक भए बूँद

न्वारानको नाम हो– लोकबहादुर राना। स्वभाव पनि ‘लोक’लाई नै रिझ्याउने खालको। राजनीति गरेर हुन्छ वा सुमधुर स्वरमा गजल वाचन गरेर हुन्छ, उनले ‘लोक’लाई नै केन्द्रमा राख्दै आए सदैव।

‘मलाई कहिले कविता लेख्न मन लाग्थ्यो, कहिले कथा लेख्न मन लाग्थ्यो। एक पटक मैले फुलिस्केप साइजको कागजको ३–४ वटा रफ कापी बनाएँ। त्यसरी बनाइएको रफ कापीमा आफूले अध्ययन गरेका कुराहरूको टिपोट गरेँ र तिनै कापीहरूमा आफ्ना भावनाहरूलाई पोख्न थालेँ।’

अझ भनौं, भैरहवाको उपप्रधानपञ्चमा जित्दा होस् वा नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य हुँदा होस्, न्वारानकै नामले आधिकारिकता पायो। बूँदले त कोष्ठकभित्र मात्रै स्थान पायो।

बूँदको न्वारानचाहिँ भैरहवामा आएर बस्न थालेपछि मात्र भयो उनको। भन्छन्, ‘मेरो मान्यता के रह्यो भने हरेक मानिसले सानोभन्दा सानो हुन सिक्नुपर्छ। यही चिन्तनबाट डोरिएको हुँदा मैले उपनाम बूँद अर्थात् पानीको सानो थोपाको रुपमा आफ्नो नाम राखेँ।’

लेखनको सुरुवाती चरणमै जन्मिएको थियो– ‘बूँद’। बूँद नै भयो सर्वव्याप्त। अब ‘लोकबहादुर’लाई लोकका कमैले मात्र चिन्छन्।

बीसको लाग्दो दशकदेखि नै लेखनतिर झुकाव रहे पनि छापिन चाहिँ २०२५ सालमा छापियो, उनको एउटा कविता। भन्छन्, ‘अनौपचारिक रुपमा लेखिरहे पनि प्रकाशन हुने औसर पाइरहेको थिइनँ।’

अर्घाखाँचीमा जन्मिए पनि हुर्के, बढे उनी– भारतको पश्चिम बंगालस्थित आद्रामा। बुबा भारतीय रेल्वे सेवामा थिए। तीन वर्षका छँदा नै आमालाई पछ्याउँदै बुबाको सेवा–क्षेत्रतिर डोरिए उनी। भन्छन्, ‘रेल्वे सेवामा बुबाको नोकरी पक्का भएपछि आमा र मलाई त्यतै लैजानुभएको रहेछ।’

आद्रामै माध्यमिक तहमा अध्ययन गर्दाखेरी नै उनलाई लेखनको लत लाग्न थालिसकेको थियो। भन्छन्, ‘मलाई कहिले कविता लेख्न मन लाग्थ्यो, कहिले कथा लेख्न मन लाग्थ्यो। एक पटक मैले फुलिस्केप साइजको कागजको ३–४ वटा रफ कापी बनाएँ। त्यसरी बनाइएको रफ कापीमा आफूले अध्ययन गरेका कुराहरूको टिपोट गरेँ र तिनै कापीहरूमा आफ्ना भावनाहरूलाई पोख्न थालेँ।’

उनको पठनपाठनको सुरुवातदेखि माध्यमिक तहसम्म आद्रामै समापन भयो। रेल्वे सेवामा कार्यरत कर्मचारीहरूका निम्ति बेग्लै विद्यालय खोलिएको थियो– एसबी (साउथ–इस्टर्न) रेल्वे हाई स्कुल। त्यही हाई स्कुलबाट सन् १९६६ मा उनले प्रवेशिका परीक्षा उत्तीर्ण गरे।

आद्रा टू अर्घाखाँची

आद्राबाट जन्मथलो अर्घाखाँचीमा ‘रवाना’ हुनुमा गज्जबको कहानी छ।

माध्यमिक तहको शिक्षा पूरा गरेपछि बूँदले पब्लिक सर्भिस कमिसनमा आवेदन दिए। र, छानिए भारतीय एयरफोर्समा। परिवारको एक्लो छोरा। उनका बुबालाई समकक्षीहरूले सोधेछन्, ‘तिम्रा कति छोरा ?’

बुबाले सहज रुपमै बताइदिएछन्, ‘एउटा।’ समकालीन मित्रहरूको सुझाव आएछ, ‘तिम्रा दुई–तीन वटा छोरा भए त एयरफोर्समा पठाउँदा ठीकै हुन्थ्यो। एउटा मात्रै छोरालाई नपठाउनुस्। एयरफोर्समा त प्यारासुटबाट हाम्फाल्नुपर्छ, खुल्यो भने त ठीकै हो, खुलेन भने त…।’

भन्छन् बूँद, ‘आफ्नै समकालीन साथीहरूले बुबाको मनमा त्रास बसालिदिएछन्। त्यसपछि बुबाले उक्त जागिर खानु हुन्न, अब नेपालमै फर्किनुपर्छ र शिक्षकको जागिर भए पनि खानुपर्छ भन्नुभयो र हामी सपरिवार अर्घाखाँची आयौँ।’

बुबाको जागिर २–४ वर्ष बाँकी नै थियो। तर स्वास्थ्यको कारण देखाई बुबाले जागिर छाडे र फर्किए आफ्नै जन्मभूमिमा।

तत्कालीन समयमा अर्घाखाँचीमा शिक्षितहरूको पंक्ति बिल्कुलै पातलो थियो। विद्यालयमा अध्यापन गर्न भारतीय मूलका मानिसहरूलाई निम्त्याउँथे, गाउँलेले। भन्छन्, ‘भारतीय मुलका शिक्षक ल्याउनुको विकल्प थिएन, पछिल्लो समय भने दार्जीलिङका शिक्षकहरू ल्याउन थालियो।’

एउटा हाई स्कुलमा पढाउन थाले थाले। स्कुल थियो बेंसीमा। उनी बस्थे केही माथि पहाडमा। दैनिक उकाली–ओराली। समथर ठाउँमा बसेका उनलाई उकाली–ओराली गर्न मुस्किल पर्दै गयो। भन्छन्, ‘मैदानमा हुर्किएको मान्छे, पहाडमा उकाली–ओराली गर्न नसकेपछि मैले शिक्षकको जागिर छाडेँ र फेरि बुबासँगै कलकत्तातिर लागेँ।’

आर्थिक संकटको ‘घेराबन्दी’ मा परे, नराम्ररी। जोर्नैपर्‍यो हातमुख, धान्नैपर्‍यो जीवन। कुनै न कुनै उपाय निकाल्ने क्रममा उनले रिक्साचालकको सहज बाटो निकाले। भन्छन्, ‘आर्थिक संकट परेपछि मैले ६ महिनासम्म रिक्सा चलाएर जीवन धानेँ।’

बुबाको पेन्सन हुन ३–४ वर्ष रहेको हुँदा फेरि जागिरमा फर्किए। पेन्सन भएपछि बुबा आमा र उनलाई लिएर भैरहवातिर सोझिए। जन्मिन त नेपालमै जन्मिए थिए उनी। तर भैरहवा फर्किएपछि उनले नागरिकता प्राप्तिका लागि निकै संघर्ष गर्नुपर्‍यो। भन्छन्, ‘अहिले त एक दिनमै नागरिकता बन्छ तर मैले भने नागरिकता पाउन एक वर्ष संघर्ष गर्नुपर्‍यो।’

त्यो भैरहवा, यो भैरहवा

५५/५६ वर्ष गुजारिसके उनले भैरहवामा। जीवन संघर्षका रेखाहरू त्यहीका भूगोलमा कोरे। त्यहीका माटोलाई नमन गर्दै साढे सात दशकभन्दा लामो समय बिताइसके।

के नै थियो र, आधा शताब्दीभन्दा पहिलेको भैरहवा ! भैरहवामा बिताएका प्रारम्भिक दिनहरूतिर फर्किन्छन् उनी, ‘एउटा गाउँजस्तै थियो। कतैकतै घरहरू थिए। एक लहरको सानो बजार थियो। न बाटो नै थियो। त्यतिबेला केही पनि थिएन भन्दा पनि हुन्छ।’

भैरहवा फर्किँदा बुबासँग जम्मा एक हजार भारतीय रुपियाँ रहेछ। त्यतिबेला भारतीय र नेपाली मुद्राको बराबर मूल्य थियो। भन्छन्, ‘त्यतिबेला नेपाली मुद्राको भ्यालु थियो। नेपालले आर्थिक उन्नति गरेको रहेछ।’

भैरहवा आएपछि त्यही एक हजारमध्येबाट एउटा सामान्य घर किनियो। भन्छन्, ‘त्यति रकमले दुई–चार महिना त धान्यौँ। त्यसपछि भने हामीले चरम आर्थिक संकट भोग्न थाल्यौँ।’

आर्थिक संकटको ‘घेराबन्दी’ मा परे, नराम्ररी। जोर्नैपर्‍यो हातमुख, धान्नैपर्‍यो जीवन। कुनै न कुनै उपाय निकाल्ने क्रममा उनले रिक्साचालकको सहज बाटो निकाले। भन्छन्, ‘आर्थिक संकट परेपछि मैले ६ महिनासम्म रिक्सा चलाएर जीवन धानेँ।’

फेरि शिक्षणमै

एक वर्षको संघर्षपछि नागरिकता प्राप्त भयो, उनलाई। कुनै पनि सरकारी सेवामा प्रवेश गर्नका लागि बाटो खुल्यो। अर्घाखाँचीमा केही महिना पढाएको अनुभवलाई सँगाल्दै २०२६ सालदेखि पुनः शिक्षण पेसामै जोडिए। २०२८ सालमा नयाँ शिक्षा योजना लागू भएपछि उनको निम्न माध्यमिक स्कुलमा पदस्थापन भयो।

पञ्चायत विरोधी लहर सुरु भइसकेको थियो त्यो समय। उनी परे प्रतिबद्ध वाम–कार्यकर्ता। ‘अब बाहिर बसेर हुँदैन, पञ्चायतलाई सदुपयोग गर्दै हस्तक्षेप गर्नुपर्छ’ साथीभाइको पंक्तिमा यस्तो सल्लाह चल्न थाल्यो। भन्छन्, ‘पञ्चायत भित्रै रहेर संघर्ष गर्नुपर्छ, भण्डाफोर गर्नुपर्छ भन्ने मान्यताअनुरुप म सक्रिय राजनीतिमा होमिएँ।’

त्यसो त, भैरहवा फर्किएलगत्तै उनले दुई साहित्यिक/सांस्कृतिक हस्तीको सम्पर्क/संगत पाइसकेका थिए– मोदनाथ प्रश्रित र शक्ति लम्साल। २०२३ सालमै ‘मानव’ महाकाव्य लेखेर मदन पुरस्कार पाइसकेका प्रश्रितको संगत गर्न थालेपछि उनको साहित्यिक लेखनवृत्त र राजनीतिक सक्रियताले झनै व्यापक फलक पाउँदै गयो।

उनी शिक्षण पेसामै अल्झिरहेका थिए। २०३३ सालमा भने नेतृत्वको सुझाव आयो, ‘अब तपाईंले जनपक्षीय उम्मेदवारका रुपमा चुनावमा भाग लिनुपर्छ।’ पार्टीका नेताले भनेपछि दायाँ–बायाँ गर्ने कुरै भएन। स्वभाव पनि त्यस्तै थियो उनको। भन्छन्, ‘अगाडि–पछाडि केही नसोची शिक्षकबाट राजीनामा दिएँ र राजनीतिमा लागेँ।’

उनी निर्वाचित भए– सिद्धार्थनगर नगरपञ्चायतको नगरसभा सदस्यमा। पछि २०३९ सालको नगर/गाउँ पञ्चायतको चुनावमा भने उनी सिद्धार्थनगर नगरपञ्चायतको उपप्रधानमा निर्वाचित भए। भन्छन्, ‘मैले अत्यधिक मत ल्याएर चुनाव जितेको थिएँ।’

उनलाई गजल लेखनमा अझै चिनाउन सकेको हो– ‘एकल गजल वाचन’ कार्यक्रमले। एकल रुपमा ४–५ पटक नै गजल वाचन कार्यक्रम भइसके। उनको गजल वाचनप्रति स्रोताहरू किन पनि मुग्ध हुन्छन् भने उनी सपाट रुपमा गजल सुनाउँदैनन्, गजल–पारखीहरूलाई। सुनाउँछन् केवल लय हालेर।

त्यसयता चुनावबाट टाढै रहेका उनले २०५६ सालको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट रुपन्देही–२ बाट टिकट पाए। तर थोरै मतान्तरले मात्र पराजय बेहोरे। भन्छन्, ‘त्यो बेला पार्टी विभाजन भएको हुँदा मत बाँडियो र पराजय बेहोर्नुपर्‍यो।’

राजनीतिसँगै लेखन पनि

लेख्न त उनले कविता लेखे, खण्डकाव्य लेखे, बालसाहित्य पनि लेखे। यद्यपि चिनारी बन्यो– उम्दा गजलकारको। ‘ढुंगा फोर्दी दिदी’ जस्तो वर्गीय चिन्तनद्वारा भरिभराउ शक्तिशाली कविता लेख्ने उनले गजलमा पनि वैचारिक पक्षलाई नै स्थान दिए। कुनै कन्जुस्याइँ गरेनन्। जनपंक्तिलाई यथास्थितिबाट टाढा उभ्याउने खालका सिर्जना गरे। र त, उनका गजलले मानवीय चेतनालाई कहिल्यै सुस्ताउन दिएनन्, हरेक दिन/क्षण जागृत तुल्याउने क्षमता बोके।

‘सुनझैँ हजार चोटि खारे पो जिन्दगी हो
कुन बेहोसीले भन्छ– हारेको जिन्दगी हो
अर्को जुनीको कुरा सपना हो सत्य होइन
यही जिन्दगीमा बाजी मारे पो जिन्दगी हो !’

गजल त २०२२/०२३ सालतिर नै लेखिसकेका थिए उनले। प्रकाशनचाहिँ २०४१ सालतिर ‘विमर्श’ मा छापिएपछि मात्रै भयो। यद्यपि, उनले सुरुमा लेख्दा गजल–सिद्धान्तलाई पछ्याएर लेखेका भने थिएनन्। भन्छन्, ‘कहाँ सिद्धान्त बुझेर लेख्नु ! अन्दाजैअन्दाजमा लेखेँ। फिल्मी गीतहरू सुन्ने र त्यसैलाई कपी गर्न खोज्दै लेख्थेँ। गजल लेखनको प्राविधिक पक्षतिर ध्यान नदिई अरूका अन्धानुकरण गरेर लेख्थेँ।’

गीतिनाटक, ४–५ वटा खण्डकाव्य, त्यति नै संख्याका बालसाहित्यका ‘मालिक’ बूँदको गजलकृति भने २ वटा मात्रै निस्किए– ‘रातो मलाई प्यारो’ र ‘चल्दैछ जिन्दगी’। दुवै नेपाली भाषामा। अब भने उनी उर्दूका गजलहरू समेटिएको गजलकृति निकाल्ने तयारीमा छन्। भन्छन्, ‘एउटा मात्रै विधा र भाषामा किन केन्द्रित हुनु भन्ने लागेर अरू विधामा पनि मैले कलम चलाउँदै आएँ।’

उनलाई गजल लेखनमा अझै चिनाउन सकेको हो– ‘एकल गजल वाचन’ कार्यक्रमले। एकल रुपमा ४–५ पटक नै गजल वाचन कार्यक्रम भइसके। उनको गजल वाचनप्रति स्रोताहरू किन पनि मुग्ध हुन्छन् भने उनी सपाट रुपमा गजल सुनाउँदैनन्, गजल–पारखीहरूलाई। सुनाउँछन् केवल लय हालेर।

पछिल्लो समय उनले लेखे, त्यस्तै सुन्दर गजल–
‘आगो भएर के भो, झिल्को बनेर बाँचौं
चिसो त हुन्छ मुर्दा, ज्युँदो बनेर बाँचौं।’

‘लयबद्ध रुपमा गजल वाचन गर्नु हुन्छ, रेकर्ड गर्नेतिर चाहिँ किन ध्यान गएन ?’ यस्तो प्रश्न सोधिँदा उनको जवाफ हुन्छ, ‘मैले आफ्नो स्वरमा गजल रेकर्ड गरेको छैन। किनभने मलाई संगीतको एबीसीडी नै आउँदैन। म प्राकृतिक रुपमा गाउँदछु।’

बूँदका गजल–लेखनमा तीन/चार दशकयताको नेपाली समाज, राजनीति, संस्कृति, अर्थतन्त्रलगायतको स्वरसन्धान अनुभूत गर्न पाइन्छन्। उनका गजलमा मानवीय/सामाजिक जीवनका प्राणवत्ता, गहिरो संवेदना र अन्तर्वस्तुको वैविध्यता पनि पाइन्छन्, उत्तिकै।

मोतीराम भट्टको पालामा चम्किएको नेपाली गजलको दोस्रो लहर चालीसको दशकदेखि आयो। शून्यता देखियो, लामो अवधि। चालीसको दशकयता संख्यात्मक रुपमा धेरै गजल लेखिए। पछिल्लो समयका गजलमा कस्तो छ गुणात्मकता ? भन्छन्, ‘रहरलाग्दो छ। आशालाग्दो छ। लय विधानलाई ख्याल नगरे पनि युवा पुस्ताले लेखिरहेका छन्। उनीहरूले धेरै राम्रो विम्ब र प्रतीकलाई भने पछ्याइरहेका छन्।’

गजल लेखनमा केही विवाद पनि छ। ‘म चाहिँ बीचको धारमा छु कि जस्तो लाग्छ।’ भन्छन् उनी, ‘एकथरिले के भन्छन् भने शास्त्रीय बहरविनाको गजल हुन सक्दैन। अर्काथरि लय, विधान हुनुपर्छ, शास्त्रीयताको कट्टरपनबाट मुक्त हुनुपर्छ भन्छन्। यो दुइटा मतबीच विवाद छ। मेरो विचारमा स्वतन्त्र हिसाबमा लेखिरहेकाले बहरमा लेखेको राम्रो र बहरमा लेखिरहेकाहरूले पनि स्वतन्त्र लेखनलाई नजरअन्दाज नगरेको राम्रो।’

पछिल्लो समय ‘आजाद गजल’ को बहस पनि चल्न थालेको छ। यस्तो गजल लेखनलाई चाहिँ उनी ‘अराजक लेखन’ ठान्छन्। भन्छन्, ‘नयाँ कुरा गरेर चर्चामा आउने लोभ पनि मान्छेलाई हुँदो रहेछ।’

गायनका हिसाबले गुलाम अली, मेहदी हसन र जगजीत सिंहका गजल उनलाई प्रिय लाग्छन्। तर वैचारिक लेखनका हिसाबले डा. बसीर बद्र र दुष्यन्तकुमारका गजलले तान्छन्, अधिक नै। भन्छन्, ‘यिनीहरूका गजल समाजलाई अग्रगति दिन सक्षम देखिन्छन्, ऊर्जा दिने खालका छन् र चेतनामूलक पनि छन्।’ केही दृष्टान्तः

‘सिर्फ हंगामा खडा करना मेरा मक्सद नही
सारी कोसिस है की यह दुनिया बदलनी चाहिए’
–दुष्यन्त कुमार
‘सियाहियों के हर्फ–हर्फ धोते है
ये लोग रात में कागज कहाँ भिगोते है
चमकती है कहीं सदियों में आँसुओं से जमीं
गजल के शेर कहाँ रोज–रोज होते है
–डा. बसीर बद्र

सधैँ जीवनबोध

बूँदले गजल लेखे पनि, कविता लेखे पनि साहित्यका अरू विधालाई पछ्याए पनि साहित्यलाई राजनीतिबाट अलग तुल्याएर लेखेनन् कहिल्यै। त्यसमा सक्रिय हस्तक्षेप गर्दै आफ्नो बहुमूल्य भूमिका निर्वाह गर्दै आए। तर लेखनमा वैचारिकता झल्किए पनि उनले लेखनमा व्याप्त जैविक स्वाद भने पस्किरहे, सदैव।

अझ, बूँदका निम्ति गजल लेखन आफ्ना मनमस्तिष्कलाई सुखानुभूति दिनेभन्दा धेरै परको विषय पनि रह्यो। साथै, जीवनबोध पनि उत्तिकै झल्किन्छन्। नभए किन लेख्थे यस्तो मत्तला–
‘सेती हो जिन्दगी यो, काली हो जिन्दगी
बग्न नजाने गन्धा नाली हो जिन्दगी।’

बूँदका गजल–लेखनमा तीन/चार दशकयताको नेपाली समाज, राजनीति, संस्कृति, अर्थतन्त्रलगायतको स्वरसन्धान अनुभूत गर्न पाइन्छन्। उनका गजलमा मानवीय/सामाजिक जीवनका प्राणवत्ता, गहिरो संवेदना र अन्तर्वस्तुको वैविध्यता पनि पाइन्छन्, उत्तिकै। भेट्न सकिन्छन्, प्रशस्तै जीवन दर्शन पनि। यो गजल–पंक्तिले भन्छ त्यहीं नै।

‘सुवह लेते हे, साम लेते हे
बस, तसल्ली से काम लेते हे
मौत के बाद क्या पता क्या हे
जिन्दगी हे तो जाम लेते हे…।’

One thought on “एक बूँद- अनेक कथा

  1. यो सम्झनाका लागि भाइलाई धेरै धन्यवाद छ भन्छु साथै हार्दिक आभार प्रकट गर्छु !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved