काठमाडौं। तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ।
काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि शव आफन्तको जिम्मा लगाइएको हो। पोखराबाट आइतबार बिहान जोमसोम उडेको तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाकै मृत्यु भएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका तीन र १९ यात्रु गरी २२ जना चढेका थिए। पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो। मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान फेलापरेको थियो।
विमान दुर्घटनाको छानबिन गर्न मन्त्रालयले सोमबार नै दुर्घटना जाँच आयोग समेत गठन गरेको छ।
Facebook Comment
Comment