माओवादीले जस्तै एजेण्डा बोकेकाले बालेन र हर्कले जितेका हुन्ः प्रचण्ड

नेपालभ्युज

माओवादीले जस्तै एजेण्डा बोकेकाले बालेन र हर्कले जितेका हुन्ः प्रचण्ड

काठमाडौं।  नकेपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीको जस्तै एजेण्डा बोकेकाले काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह र धरानमा हर्क साम्पाङले जितेका बताएका छन्।

पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले भने, “ती भिन्नचाहिँलाई मैले हेर्दा चै के देख्छु भने उनीहरूले माओवादीको जस्तो कुरा गर्‍या छन् क्या, त्यसो भएर तिनीहरूलाई जनताले मत दिया हो।”

हिजो माओवादीले जनताको सेवा गर्ने र अन्याय अत्याचार सिद्ध्याउने भनेको भन्दै उनले अहिले पनि उनीहरूले (हर्क साम्पाङ) ले पानीको मुहान खोज्दै हिँडेका बताए। खानेपानी, भौतिक पूर्वाधारलगायत समस्याका कुरा आफूहरूको भएको उनले जिकिर गरे। उनले थपे, “हामीले राम्रोसँग गरेको नदेखेपछि ल हेर त ल तिमीले गर्दैनौ भने हामीले यसो गरिदिन्छौं भनेर जनताले हामीलाई नै सबक सिकाएका हुन् जस्तो लाग्छ मलाई।”

बालेन र साम्पाङको जित आफूहरूका लागि सबक भएको पनि प्रचण्डको भनाइ थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved