आफ्नो सबैभन्दा प्रिय गीत गाउँदागाउँदै ढलेका केके उठेनन्

'हम दिल दे चुके सनम'को गीतबाट बलिउडमा राज गरेका थिए

नेपालभ्युज

आफ्नो सबैभन्दा प्रिय गीत गाउँदागाउँदै ढलेका केके उठेनन्

बलिउडका चर्चित गायक केकेको ५३ वर्षको उमेरमा हिजो (३१ मे) निधन भएको भयो। कोलकातामा एक कन्सर्टमा पुगेका केकेको प्रदर्शनपछि होटलमा उनको स्वास्थ्य बिग्रिएको थियो। उनलाई अस्पताल पुर्‍याए पनि उनको मृत्यु भइसकेको थियो।

केके उर्फ ​​कृष्णकुमार कुन्नाथको जन्म २३ अगस्ट १९६८ मा भएको थियो। मलयाली परिवारमा जन्मेका केकेले आफ्नो परिवारबाट गायन सिकेका थिए। घरका साथीहरूले स्टेज शो गर्थे, जसका कारण केकेले पनि २ वर्षको उमेरमा स्टेजमा प्रस्तुति दिने मौका पाए।

केकेले ‘तडप तडप के’, ‘आंखे मे तेरी अजब सी’, ‘दस बहाने करके ले गए दिल’, ‘जरा सी दिल मे दे जगा’ जस्ता धेरै उत्कृष्ट गीत गाए। आफ्नो सुमधुर स्वरले गीतमा चकित पार्ने केकेले बलिउडमा आफ्नो स्थान बनाउन वर्षौंको संघर्ष र वर्षौंको मिहिनेत गरेका थिए।

दिल्लीमा हुर्केका केकेका बुबाले राम्रो संगीत सिकेका थिए। गायनलाई आफ्नो करिअर बनाउन उनी हरप्रयास लागिरहे। केही दिन शास्त्रीय गायन सिकेपछि केकेले संगीत प्रशिक्षण अधुरै छोडे। घरमा मोहम्मद रफी र किशोर कुमारको गीत सुनेर उनी रियाज गर्थे।

केकेले माउन्ट सेन्ट मेरिज स्कुल पढे। त्यसपछि किरोनी मल र दिल्ली विश्वविद्यालयमा थप अध्ययन गरे। गायनमा रुचि भए केकेले साथीभाइसँगै कलेजमा प्रस्तुति दिने गर्थे। प्रतिभाको बलमा उनले धेरै कार्यक्रममा गाउने मौका पाउन थाले।

कक्षा ६ मा पढ्दा ज्योतिसँग प्रेम

केके ६ कक्षामा पढ्दा सहपाठी ज्योतिसँग प्रेममा परेका थिए। केके धेरै लजालु थिए। तर यसका बाबजुद उनले ज्योतिसँग प्रेम गरे। धेरै वर्ष सम्बन्धमा रहेपछि दुवैले विवाह गर्ने निर्णय गरे। तर ज्योतिको परिवार बेरोजगार केकेलाई हात दिन तयार थिएन।

बिहे गर्न सेल्सम्यान बने

केके लगातार स्टेजमा प्रस्तुति गर्थे। तर घर खर्च धान्न मुस्किल थियो। जब ज्योतिसँग बिहेको कुरा भयो तब उनको परिवारले जागिर गरे मात्रै बिहे हुने शर्त राख्यो। केकेले साथीको सहयोगमा दिल्लीको एक निजी कम्पनीमा सेल्सम्यानको जागिर पाए। दुवैले सन् १९९१ मा विवाह गरेका थिए। जसबाट उनीहरूका दुई सन्तान छन्।

श्रीमतीको साथ पाएपछि जागिर छोडेर मुम्बई लागे

तीन महीना काम गर्दा केकेले यो कामले नहुने ठाने। पतिले गायनमा करिअर बनाओस् भन्ने श्रीमती पनि चाहन्थिन्। दुवै जना केही पैसा लिएर मुम्बई पुगे, जहाँ केकेले तीन वर्ष संघर्ष गरे।

डेमो टेप पठाए र जिंगल गाउने मौका पाए

संघर्षका दिनमा केकेले आफ्नो आवाज रेकर्ड गरेर संगीत कम्पनीलाई टेप पठाउने गर्थे। १९९४ मा केकेले लुइस बैंक्स, रञ्जित बारोट, लेस्ले लुइसलाई आफ्नो टेप पठाए। उनलाई पहिलो फोन युटीभी च्यानलबाट आएको थियो। उक्त फोन एउटा विज्ञापन एजेन्सीबाट आएको थियो।

१९९४ देखि १९९८ सम्म उनले ११ भाषामा गरी करीब ३५ सय यस्ता जिंगलहरूमा आवाज दिए।

बलिउडमा कसरी पाए ब्रेक ?

विज्ञापनका लागि काम गर्दा केकेले चलचित्र ‘माचीस’को ‘छोड आये हम वो गलियाँ’ गीतमा दुई लाइन गाउने मौका पाए। यी दुई लाइनबाट प्रभावित भएर केकेलाई एआर रहमानले फिल्म सपनाको अफर गरेका थिए। ‘छोटेमोटे चंक’ गाएपछि, केकेले सन् १९९९ को फिल्म हम ‘दिल दे चुके सनम’बाट आफ्नो सबैभन्दा ठूलो ब्रेक पाए।

यस फिल्मले त्यस वर्ष निकै सफलता पाएको थियो। फिल्मबाट सलमान खान र ऐश्वर्या रायसँगै केकेले पनि बलिउडमा राज गर्न सफल भएका थिए। यस फिल्मको ‘तडप तडप’ बोलको गीत पूरै भारतभर सुपरहिट भएको थियो। त्यसपछि केकेले आफ्नो करिअर फर्केर हेर्नुपरेको थिएन।

फिल्मका संगीतकार इस्माइल दरबारले केकेलाई फिल्मको मुख्य गीत ‘तडप तडप’ गाउने मौका दिएका थिए। सामान्यतया यस्ता गीतका लागि नाम चलेका गायकको स्वर लिइन्छ। तर इस्माइल केकेमा भर परे। फिल्म रिलिज हुनेबित्तिकै यो गीत ब्लकबस्तर भएको थियो। केकेले यही गीतबाट भारतीय संगीत उद्योगमा ठूलो पहिचान बनाउन पाए।

केके कृष्णकुमार कुननाथबाट केके बने

जब पहिलो गीत हिट भयो, तब मानिसहरूको सल्लाहअनुसार कृष्णकुमार कुननाथले केकेको नामबाट चिनिन थाले। उनले यसलाई आफ्नो स्टेजको नाम राखेका थिए।

पाल म्युजिक एल्बमबाट बनेको युवाको मनपर्ने गायक

१९९ मा केकेले लेस्ले लुइसको निर्देशनमा पल एल्बम शुरु गरेका थिए। यस एल्बमका गीतहरु, ‘हम रहे या न रहें कल’ र ‘यारों दोस्ती’हरू निकै हिट भए। यी गीतहरू अझै पनि मानिसहरूको जिब्रोमा छ। ‘हम रहे या न रहें कल’लाई केकेले आफ्नो जीवनको उत्कृष्ट गीत मानेका थिए। संयोगवश, आफ्नो अन्तिम स्टेज कार्यक्रममा उनले त्यही गीत गाएका थिए।

११ भाषाहरूमा गीत, तर पुरस्कार मात्र २

केकेले आफ्नो सांगीतिक करिअरमा करिब ११ भाषामा अनगिन्ती गीत गाए, तर उनले दुई गीतका लागि मात्रै अवार्ड पाए। उनले कन्नड गीतका लागि उत्कृष्ट पार्श्व गायकको लागि पहिलो पुरस्कार प्राप्त गरेका थिए। र दोस्रो पुरस्कार ‘बचना ए हसीनो’को ‘खुदा जाने गीत’का लागि पाएका थिए। उनलाई करिब २२ पटक मनोनयन गरिएको थियो।

भाष्करबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved